विद्यालय सञ्चालन गर्न असहज भएपछि प्राचार्यद्वारा राजिनामा

क्राइमचेक प्रतिनिधि/
बारा/बाराको गंजभवानीपुर स्थित भोला उच्च माध्यमिक बिद्यालयका प्रार्चायले विद्यालय सञ्चालन गर्न नसकेको जनाउदै प्रधानाध्यापक पदबाट राजिनामा दिनु भएको छ । विद्यालयका प्रार्चाय मोहन प्रसाद तेलीले ६ महिना देखी बिद्यालयमा व्यवस्थापन समिति नभएको र काम गर्न कठिनाई भएको भन्दै प्रधानाध्यापक पदबाट राजिनामा दिनु भएको हो । साथै उहाले आफुलाई बिभिन्न ब्यक्तिहरुबाट बिभिन्न खाले दवाव आईरहेकाले प्रधानाध्यापक पदबाट आफुले राजिनामा दिएको र सोको जानकारी  जिल्ला शिक्षा कार्यालय बारामा समेत दिएको बताउनुभयो । बिद्यालय व्यवस्थापन समिति गठन गर्ने आउदो साउन ३० गते अभिभावक भेला बोलाईएको तथा सो भेलामा तत्कालिन समिति अध्यक्ष मेधु प्रसाद जैसवालको दुई कार्यकालको बार्षिक प्रतिबेदन समेत सार्वजनिक गर्ने प्रधानाध्यापक मोहन प्रसाद तेलीले जानकारी दिनुभयो ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment