पर्साका का.मु.प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा नगवाको ऐलानी जग्गाको निरिक्षण

आर.सि.एनबाट
वीरगंज १९ गते साउन । वीरगंज उपमहानगरपालिका वडा नं.१९ नगवामा नगर स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको निर्माण कार्यमा बाधा ब्यवधान खडा गर्ने ब्यक्ति उपर कडा भन्दा कडा कानुन बमोजिम कार्यवाही गर्नको लागि नगर स्वास्थ्य चौकी भवन निर्माण संघर्ष समिति नगवाका संयोजक अशोक कुमार कुर्मीको नेतृत्वमा गएको टोलीले आज जिल्ला प्रशासन कार्यालय पर्साका का.मु.प्रमुख जिल्ला अधिकारी योगराज पाण्डे समक्ष ज्ञापन पत्र बुझाएका छन ।
उक्त ज्ञापन पत्र बुझदै का.मु.प्रमुख जिल्ला अधिकारी पाण्डले सो नगर स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको निर्माण स्थलमा बुधबारका दिन निरिक्षण गर्ने कुरा का.मु.प्रमुख जिल्ला अधिकारी पाण्डेले टोलीलाई आश्वासन दिनु भएको कुरा संयोजक कुर्मीले संचारकर्मीहरुलाई जानकारी गराउनु भयो ।  
सो ज्ञापन पत्रमा मिति २०७० माघ ७ गते मंगलबार दिउसो ३ बजे बी.उ.म.न.पा.का प्रमुख तारा बहादुर कार्कीको अध्यक्षता एवम तपसिलका सदस्यहरुको उपस्थितिमा शहरी स्वस्थ्य अनुगमन समितिको बैठकमा बीरगंज उधोग बाणिज्य संघका प्रतिनिधि सुनिल कुमार कण्ठ, महिला बिकास कार्यालय पर्साका अधिकृत सिता अर्याल, जिल्ला शिक्षा कार्यालय पर्साका राम बिनय सिहं, जिल्ला बिकास समिति पर्साका प्रतिनिधि, त.म.लो.पा.का शिव प्रसाद कोइरी, ने.काँ.न.का.स.का उपाध्यक्ष प्रमानन्द साह, म.ज.अ.फो.ने.का दिनेश प्रसाद कानु, रा.प्र.पा.नेपालका मोहन थापा, रा.म.स.पा.का कपिल देव प्रसाद कुर्मी, ऐ.ने.क.पा.(माओवादी) का सुनिल कुमार गुप्ता, बिजाम पर्साका महेश अर्याल, म.ज.फो.(गणतान्त्रिक) का मुस्तकिम अंसारी, म.ज.फो.(लेकतान्त्रिक) का शिवनारायण राम, ने.क.पा.एमाले का सुदिप लामा, लिडस का रामानन्द कुशवहा, संघिय सदभावना पार्टीका कृष्णा प्रसाद कुर्मी, नेपाली जनता दलका रामपुकार रौनियार लगायतकाले बसी एजेण्डामा छलफल हुदा बौधीमाई पोखरी देखि पुर्व बिश्वकर्मा मन्दिर देखि उतर रहेको खाली ऐलानी जग्गामा शहरी स्वस्थ्य क्लिनिक भवन निर्माण गर्ने स्थानिय जनताको माँग भई आए अनुसार उक्त स्थानको स्थलगत निरिक्षण समेत गरी निर्माण प्रक्रिया अगाडी बढाउने पहल भएको थियो ।
उक्त स्थानको बिचमा नेपाल बिधुत प्राधिकरणको हाईटेन्सन तार भएकाले सो हटाउने प्रयोजनको लागी नगरपालिका स्तरिय शहरी स्वस्थ्य अनुगमन समितिको तर्फबाट ने.क.पा.एमालेका राजनितिक दलका प्रतिनिधि सुदिप लामा संयोजकत्वमा तपसिल अनुसारको सदस्य रहने समितिलाई उक्त हाइटेन्सन तार हटाउन पहल गर्ने कार्यको जिम्मा दिने निर्णय समेत भइसकेको कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
नगर स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको ऐलानी जग्गाको पछाडी पट्टि स्थानियबासी बाबुनन्द चौरसिय र रमानन्द चौरसियाको बिना बाटोको जग्गा भएकोले निजहरु उक्त ऐलानी जग्गा बाट बलजपती बाटो तथा आफु प्रयोग गर्नको लागि षड्यन्त्र गरेको कुरा नगर स्वास्थ्य चौकी भवन निर्माण संघर्ष समिति नगवाका संयोजक कुर्मीले संचारकर्मीलाई बताउनु भयो ।
उक्त संघर्ष समिति नगवाका संयोजक कुर्मीको नेतृत्व टोलीमा स्थानिय रबिन्द्र श्रीवास्तव, नागेन्द्र राय यादव, अफताब आलम, सुमन झा, आलम देवान, उमेश गिरी, संजय पटेल, बिकास गुप्ता, सुशिल पटेल, रामबाबु कंकर, हरेन्द्र यादब, श्याम श्रीवस्तव, रमेश कंकर, रमेश गुप्ता, भुलन पटेल लगायत रहनु भएको थियो ।
साथै सो ज्ञापन पत्र संघर्ष संघर्ष समितिले वीरगंज उपमहानगरपालिका कार्यालय र जिल्ला जन स्वास्थ्य कार्यालय पर्सामा उक्त ज्ञापन पत्र बोधार्थ गरेको छ ।


SHARE THIS

Author:

Facebook Comment