हिन्दुहरूलाई इसाइ बनाउन भारतको मौन समर्थन

क्राइम चेकको असार १२ गतेको अंकमा प्रकाशित “धर्म निरपेक्षताको रहष्य” शीर्षकको सम्पादकीय ज्यादै उचित लाग्यो । जन चेतना जगाउन गरेको प्रयाश स्तुत्य छ । तर हामी विश्व भरका हिन्दुहरुको भाग्य जोडिएको छ । तर धर्मलाइ राजनीतिको दाशी बनाउने अर्को खतरा पनि देखापरेको छ । संस्कृति भनेको राजनीति भन्दा ठूलो हो । राजनीतिमा उतार चढाब आइ रहन्छ तर सांस्कृतिक सम्बन्ध चिर स्थाई हुन्छ । हेर्नुहोस् न, भूटानले अन्यायपूर्वक देश निकाला गरेका हिन्दुहरुलाई इसाइदेशहरुले लगेर बसोबास गराए तर हिन्दु हौं भन्ने भाजपाका नेता वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भूटानबाट यात्रा शुरु गरेर भूटानलाई पुरस्कृत गरे । गौमांस र गौहत्याको बिरोध गर्ने भारतीय हिन्दुहरुले उनीहरुको पक्षमा एक शब्द पनि बोलेनन् । यस अवस्थामा हिन्दु एकता र भाइचारा कसरी सम्भब छ ? म त के निस्कर्षमा पुगेको छु भने हामी नेपाली हिन्दु अलग हौ र भारतीय हिन्दु अलग हुन् । भारतीय हिन्दुहरुले धर्मलाई राजनीतिक उद्देश्य पूरा गर्ने भर्या• बनाएका रहेछन् । हामी नेपाली सच्चा हिन्दु हौं र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले फिरंगीहरूहरूको हातबाट हिन्दु धर्मको रक्षाकालागि नेपाललाई असली हिन्दुस्तान बनाउने संकल्प जाहेर गरेका छन् । उनको दिव्य उपदेश हेर्दा हुन्छ । नेपालले इसाई धर्मान्तरण गर्न रोक लगाएकै कारणले नेपालमा हिन्दु धर्म ग्रन्थहरु सुरक्षित रहेका हुन् । तर भारतमा अहिले पनि संगठितरुपले इसाइकरण भइरहेको छ । भारतकै गलत नीतिको कारणले अहिले त्यो रोग नेपालमा पनि सरेको छ । हाम्रो धर्म संस्कृति शंकटमा फसेको छ । राजनैतिक स्वार्थ पूरा गर्न भारतले नेपालमा हिन्दु निर्मूल गर्ने आन्दोलनलाई उचालिरहेको छ । मैले नरेन्द्र मोदीलाई नैतिक समर्थन दिनु गल्ति पो भएछ भनेर म पछुताई रहेको छु । के कारण हो कि इसाइहरुले हिन्दुहरुलाई लगेर पुन:स्थापित गर्ने उदारता देखाए ? के हिन्दुहरुलाई इसाइ बनाउन भारतको मौन समर्थन भएन त ? ल आजलाई एत्तिकै बिराम गरौं ।
– दधिराम आचार्य
– इटहरी, नेपाल
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment