टाइगर्सका अध्यक्ष कारवाहीमा

क्राइमचेक प्रतिनिधि/
वीरगंज/वीरगंज २ गते असार ।
जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स पार्टीका केन्द्रि अध्यक्ष रामलोचन ठाकुर कारवाहीमा परेका छन् ।
पार्टीहित विपरित कार्य गरेको र संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई पार्टीको तर्फबाट कुनै किसिमको आर्थिक एवं नैतिक सहयोग नगरेका कारण केन्द्रिय अध्यक्ष स्वामी भनिने रामलोचन ठाकुरलाई कारवाही गरिएको जनाइएको छ ।
पार्टीका केन्द्रिय सचिव सचिव अनिल झाले एक प्रेस विज्ञप्ती जारी गर्दै सो कारवाही सम्बन्धमा जानकारी गराएका हुन् । विज्ञप्तीअनुसार पार्टीको केन्द्रिय कार्य समितिको यहि असार १ र २ गते वीरगंजको होटल इन्द्रेणीमा बसेको केन्द्रिय पदाधिकारीहरुको बिशेष बैठकले केन्द्रिय अध्यक्ष ठाकुरमाथि कारवाही गरी बरिष्ठ उपाध्यक्ष भोला प्रसाद मुखिया उर्फ मंगल पाण्डेलाई कार्यवाहक अध्यक्ष पदमा चयन गरेको छ ।


SHARE THIS

Author:

Facebook Comment