लागुऔषध चरेस सहित ४ पक्राउ

प्रदीप गौतम,
वैशाख ८, सिमरा ।
प्रहरिले बाराको मुसहर्वाबाट गएराति ठूलो परिमाणमा लागू औषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । गएराति करिव आठ बजे शरीरमा बोकेर चरेश भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरिले पक्राउ गरेको हो । पक्राउ परेका यूवकको परिचय खुल्न नसकेको र थप अनुशन्धान भईरहेको बारा प्रहरिले जनाएको छ ।
उता प्रहरिले पर्साको मुड्ली गाविसबाट आठ केजी चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरिले पर्साको निचुटा गाविस–७ निवासी सराजुल मियाँ, अलौ निवासी अफताब आलम र भिस्वा गाविस निवासी जवाहिर अन्सारी नियन्त्रणमा लिएको हो । ग३प ४९४५ नम्बरको मोटरसाइकलमा चरेस लिएर भारततर्फ जाँदै गरेका मियाँ र आलमलाई इलाका प्रहरी कार्यालय
पोखरियाको प्रहरी टोलीले मुडली–५ बाट पक्राउ गरेको हो । मियाँ र आलमले दिएको बयानका आधारमा जवाहिर अन्सारीलाई पनि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नवीन कार्कीले बताउनुभएको छ । चरेस, मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभएको छ ।
यसैबीच पर्सा प्रहरीले ठगी अभियोगमा संलग्न एक व्यक्तिलाई आज पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका–१३ निवासी जोगेन्द्रप्रसाद कलवारलाई पक्राउ गरेको हो । जिल्ला अदालत पर्साले उनीसँग ठगी मुद्धामा १३ लाख १३ हजार ३ सय ३३ धरौटी माग गरेको थियो । कलवारले मागअनुसारको धरौटी रकम तिर्न नसकेपछि जेल पठाइएको प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताउनुभएको छ ।

SHARE THIS

Author:

Facebook Comment