अरबौको लगानी रहेको कपडा उद्योगहरु बिदेशी कपडासंग प्रतिष्पर्धा गर्न नसक्दा धराशयी


वीरगंज/एक लाख भन्दाबढि मजदुरहरुको भबिष्यसंग जोडीएको बारा, पर्सा,मकवानपुर लगायत देशभर अरबौंको लगानीमा रहेका कपडा उद्योगहरु धारासायी बन्दै गईरहेका छन् ।
प्राय: बन्द तथा पुनरुत्थानको पर्खाइमा रहेका नेपाली कपडा उद्योगहरुको अबस्था अहिले दयानिय रहेको छ  । मूल्य तथा तौलमा न्यून बीजकीकरण भई आयात हुने वस्तुसँगको प्रतिस्पर्धा, लोडशेडिङ, स्वदेशी कच्चा पदार्थमा लगाइएको भ्याट, चोरीपैठारीलगायत समस्याका कारण कपडा उद्योग बन्द हुने अवस्थामा पुगेको परवानीपुर बारा स्थित ईष्ट्रोन टेक्सटायल ईण्डस्ट्रिजका सन्चालक बिरेन्द्र संघाईले बताउनुभयो ।
संघाईले  नेपाल सरकारले समस्या समाधानका लागि पहल नगरेमा १ वर्षभित्र साना तथा ठूला लगानीका सबै कपडा उद्योग बन्द हुने अवस्था रहेको बताउँदै न्यून बीजकीकरण र चोरी पैठारी भई नेपाल भित्रिने चीन तथा भारतका उत्पादनसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता नै मुख्य समस्या भएको दाबी गर्नुभयो । उहाँले यसरी भित्रिने कपडाभन्दा नेपाली उत्पादन तुलनात्मक रूपमा महँगो हुने भएकाले
प्रतिस्पर्धा गर्न नसकिने बताउनुभयो ।
यस्तो समस्या समाधानका लागि सरकारले डब्लु टि ओको कानूनअनुसार ”एण्टी डम्पिङ एक्ट” ल्याउनुका साथै चोरी पैठारी रोक्न विशेष पहल थाल्नु पर्ने कपडा ब्यबसायीहरु बताउँछन् । त्यस्तै, स्वदेशी कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने धागो मा लगाइएको भ्याट र लोडशेडिङले पनि उत्पादनको लागत बढाएको छ । “लागत बढी भएकै कारण नेपाली  उत्पादनले बजार पाउन छाडेको ब्यबसायीहरुको गुनासो छ ।
सरकारले स्वदेशी कपडा उद्योगको प्रबद्र्धनका लागि स्वदेशी धागो उत्पादनमा लगाइएको भ्याट फिर्ता गर्नु पर्ने ,नेपाली कपडा उद्योग बन्द हुँदा त्यसको प्रत्यक्ष असर स्वदेशी धागो उद्योगमा पर्ने भएकाले कपडा उद्योगको प्रर्बद्धनका लागि सरकारले विशेष नीति ल्याउनु पर्ने वीरगंज उद्योग बाणिज्य संघका पुर्ब उपाध्यक्ष शुशिल मित्तलले बताउनुभयो ।
उद्योगले कच्चा पदार्थको रूपमा आयात हुने रङ तथा केमिकलमा १ प्रतिशतमात्र भन्सार लगाउनु पर्ने , नेपाली कपडा उद्योग प्रबद्र्धनकालागि सरकारले टेक्सटायल बोर्ड गठन गरी तत्काल आबस्यक कदम चाल्नु पर्ने माग सम्बद्ध ब्यबसायीहरुको छ ।
हाल नेपाली कपडा उद्योगा झण्डै ४० अर्ब रुपैयाँ लगानी भएको र  । साना मझौला र ठुलागरी १ सय २९ वटा कपडा उद्योगहरु रहेकोमा अहिले मात्र ३९ वटा उद्योग सन्चालनमा रहेका छन् । सन्चालनमा रहेका उद्योगहरुले विभिन्न समस्याका कारण क्षमताको २५ देखि ३० प्रतिशत मात्र उत्पादन गर्दै आएको ब्यबसायीहरुले बताएका छन् ।


SHARE THIS

Author:

Facebook Comment