वर्तमानमा बाँचेर भबिष्य सोच्नु पर्छ


(स्वयम्भुनाथ कार्की)
नेपाली भाषामा एउटा उखान छ ‘मेरा बाजेले घिउ खाएका थिए, मेरो हात सुंघ’ । अब बाजे बराजुले खाएको घिउको सुगन्ध नाती पनातीको हातमा बस्छ कि बस्दैन भनेर सोध्नु नै मुर्खता हुन्छ ।
यसको अर्थ यो हैन कि विगतमा आफ्ना पुर्खाहरुको गौरवको कुनै महत्व छैन । ईतिहासमा गौरव गर्न पाउनु हरेकको अधिकार हो , ईतिहासले दिएको शिक्षा लिएर भविष्यको निर्माण गर्नु हरेकको कर्तव्य हो । विगत वितेको समय हो जसमा वर्तमानले कुनै परिवर्तन गर्न सक्दैन । त्यसै गरेर भविष्यलाई एउटा लक्षमा लैजान प्रयत्नसम्म गर्ने हो तर त्यसमा सफल नै हुन सकिन्छ भन्ने केही छैन । यस कुरामा असहमती जनाउन त सकिन्छ तर उदाहरणको निमित्त नेपाल अधिराज्य संविधान  २०४७ नै प्रयाप्त छ ।
यो आलेखको बिषयवस्तु त्यो संविधानको मिमांसा गर्नु होईन । केवल भविष्यमा वर्तमानको निय:त्रण हुन सक्दैन भन्ने कुराको उदाहरण कसरी भयो भन्ने प्रयोजनको निमित्त यो नाम प्रयोग भएको हो । जुन वेला यो संविधानको निर्माण भएर लागु भयो त्यसवेला यसलाई विश्वको उत्कृष्ट संविधान भनियो । त्यस वेलाको भविष्यलाई डोर्‍याउने प्रयत्न एक दशक पनि थाम्न सकेन । जुन मुखले
त्यसलाई उत्कृष्टको पगरी लगाईको थियो तीनै मुखहरु अहिले त्यसको नाम पनि लिन नहुने गरेर निष्कृष्ट भन्ने सावित गर्न लागेका छन । यो त्यस वेलाको वर्तमानले त्यस वेलाको भविष्य अहिलेको वर्तमानलाई नियंत्रण गर्न खोजेकोलाई अस्विकार गरेको प्रष्ट हो । यसका पक्ष वा विपक्षमा तर्कहरु धेरै हुन सक्छन । लामोलामो वहस हुन सक्छ तर वर्तमानले भविष्यलाई नियंत्रण गर्न नसकेको ज्वलन्त उदाहरण भने हो ।
विगतलाई अस्विकार गर्न भनिने गर्छ खोलामा धेरै पानी वगिसक्यो । कुरा विल्कुल सहि हो, विगत विगत हो विगत नै वर्तमान होस भन्ने कसैले नचहला , चाही हाल्यो भने पनि त्यो संभव नहोला । कुनै वेला जंगल फाँडेर वस्ती बसाउनु विकास हुन्थ्यो, हिंसक जंगली जनावरको शिकार गर्नु बहादुरी हुन्थ्यो भने वर्तमानमा त्यो अपराध हुन्छ । ईतिहासमा चर्चेको भुगोल खोज्दा ती अनकन्टार जंगल र त्यसमा वसोवास गर्ने जंगली जनावरको फेरी खोजेर पाईन्न । विश्व भुमण्डली करणको यो युगमा कोही पनि कछाड कसेर ढुंगे हतियारको साहाराले यायावरको जीवन बाँच्न तैयार हुने छैन । बरु त्यसभन्दा अमेरिका वसोवास गर्न पाईने डिभी भनिने चिठ्ठाको फारम भर्न लाम लाग्न रुचाउने छन ।
कोरियामा श्रम गर्न जान ईपिएस भनिने कोरियन भाषाको निमित्त लागेको लामो लर्कोले वर्तमानमा रोजगारीको निमित्त कुनै पनि भाषा अंगिकार गर्न पर्ने कुरा जनाउछ । वर्तमान ईतिहासमा बाँच्न विल्कुलै सक्दैन । वर्तमानमा जे छ त्यो सत्य हो र त्यसैको भोगाई मनपरे पनि वा नपरे पनि खप्नु पर्ने नै हुन्छ । कोहीले आफुलाई भूमिपुत्र भन्दा अरुले सोच्नु नै पर्ने हुन्छ, किनभने जन्मको हरेक प्रकृया आफुलाई भूमिपुत्र भन्ने र भूमिपुत्र नमानिएकामा समान नै हुन्छ । रैथाने र गैर रैथानेका यो विवाद जसजसका विचमा छन ती सबै यसै पृथ्विमा जन्म लिएका हुन । कसैले अरुलाइृ यो पृथ्वीको होईन भन्न सक्दैन । तै पनि विभिन्न अल्पविकशित मुलुकहरुमा यस्तो किसिमको विवादले स्थान पाउने गरेको हुन्छ । कहि कहि त यस्तो विवाद भिषण नरसंहारको कारक पनि बन्छ ।
सोच्नु पर्ने कुरा के छ भने आखिर यो विवाद किन जन्मन्छ त ? किनभने कोही कुनै कुलमा जन्म आफ्ने रोजाइले लिदैन । विकसित पश्चिमा मुलुकहरु अल्पविकशित मुलुकमा उठेका यस्ता कुरालाई बलेको आगोमा घिउ थप्ने प्रत्यक्ष वा अप्रत्यक्ष प्रयत्न गर्ने संगठनहरुका निमित्त उर्वर भूमि भएका छन । आफ्नै मुलुकमा भने यस्तो कुरा नहोस भनेर अन्य मुलुकहरुबाट आएका आप्रवासीहरुलाई भरसक एक स्थानमा रहन नदिने प्रवन्ध गर्दछन । आफ्नो मुलुकमा प्रचलित भाषा नजान्नेलाई प्रवेश नदिन कानून बनाएका विकशित मुलुकहरु प्रसस्त छन । जुन कुरा आफुलाई अपच हुन्छ अन्य मुलुकमा त्यसै किन प्रवर्धन गरिन्छ त ? यो कुराको उत्तर खोज्न तेश्रो विश्व भनिने मुलुकहरुले मन्थन गर्न आवश्यक भएको छ ।
आर्थिकरुपले सम्पन्न भएका ती मुलुकहरुको आर्थिक उन्नती गर्न यही तेश्रो मुलुकबाट श्रमिक आपुर्ति हुने गर्दछ । त्यस मुलुकको बजार पनि ज्यादा जसो तेश्रो विश्व नै हुने गर्दछ । यो विश्वको दुई तिहाई भूभागमा विश्वको एक तिहाई जनसंख्या रहने गर्दछ र एक तिहाई भुभागमा दुइ तिहाई जनसंख्या बस्ने गर्दछन । कुरोको चुरो यो हुन सम्भव छैन र ? प्रकृतिको उपहारमा विश्वका सबैको बरावर हक छ भनने कुरा आजसम्म उल्लेख्यरुपले उठेको छैन । त्यस्तै आफ्नो श्रमले आफ्नै मुलुक सम्पन्न बनाउन सकिन्छ कि भन्ने मनन गरिएको छैन । तेश्रो विश्वको जनसंख्यालाई यो तेरो यो मेरो भनेर विवाद गर्दैमा, झगडा गर्दैमा फुर्सद छैन । यदि कुनै दिन हामी झगडा नगरी यता तर्फ सोचौं भन्ने भावना विकशित भयो भने के आफ्नो मुलुकमा काम गर्ने सस्ता श्रमिकको आपुर्ति बन्द नहोला ? के विश्व सम्पुर्णको सम्पत्ति हो भन्ने भावना विकशित नहोला ? सकारात्मक सोचाई राख्दा विकशित मुलुकले यसो नहोस भनेर तेश्रो विश्वमा झगडा नै होस भनेरचाहेका नहोलान भन्न सकिन्छ । तेश्रो विश्वले इतिहासबाट शिक्षा लिएर वर्तमानमा भविष्य उज्वल गर्ने प्रयत्न गरेर विकशित मुलुकको सिको कहिले गर्ने हो सोचनिय बिषय छ ।
प्रकाशित मितिः२०७० मंसिर ६ गते बिहीबार........

SHARE THIS

Author:

Facebook Comment