मधेश बन्द गराउँदै हिंडेका सातजना पक्राउ


वीरगन्ज,२९ वैशाखः सद्भावना पार्टीका केन्द्रिय सदस्य नेजामुद्दिन समानीलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।
पार्टीले आह्वान गरेको एक दिने आम हड्तालका क्रममा दिउँसो वीरगन्जको आदर्शनगर चोकमा आफ्ना कार्यकर्ताहरुसँगै जबरजस्ती बजार बन्द गराउँदै हिंडेका समानीलाई प्रहरीले पक्राउ गरेको हो । समानीसँगै सद्भावनाका अन्य ६ जना कार्यकर्तालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सातैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा राखिएको छ ।
अबिलम्ब संविधान सभाको निर्वाचनको मिती तोक्नुपर्ने माग गर्दै सद्भावना पार्टीले चरणबद्ध आन्दोलन अन्तर्गत चारदिनदेखि रिले अनशन जारी राख्दै आइतबार तराईका २२ जिल्लामा आम हड्तालको आह्वान गरेको हो

SHARE THIS

Author:

Facebook Comment