जनकपुरधाम,
वैशाख । जनकपुरमा अवस्थित स्वास्थ्य क्लिनिकहरुले मोटो रकम लिई अवैध रुपमा लि· पहिचान गर्न गरेको रहस्य खुलेको छ ।गर्भमा रहेको बच्चा छोरा वा छोरी के हुन् भनी भिडियो एक्सरेमाफर्त जाँच गर्दै मोटो रकम असुली गर्न गरेको तथ्य खुलेको हो । गर्भमा छोरा हो कि छोरी भनेर पहिचान गर्न र छोरा भए राख्ने र छोरी भए नराख्ने गरेको परिपाटीले यहाँ मंगलबार राति जनकपुरको एक निजी क्लिनिकमा ठूलै विवाद खडा गरिएको छ ।एक महिलाले आफ्नो गर्भमा रहेको बच्चा गर्भपतन गराउँदा छोरा रहेको पुष्टि भएपछि विवाद चर्किएको हो । जानकी मन्दिरको पछाडी अवस्थित जनकपुर प्रसुती क्लिनिकमा यस्तो घटना भएको हो ।महोत्तरी जिल्लाको सहोडवा निवासी चन्दा झाले आफ्नो गर्भमा रहेको बच्चा छोरा वा छोरी के हुन भनी डा.निलम चौधरीद्वारा संचालित जनकपुर प्रसुती क्लिनिकमा एक हप्ता पहिले जाँच गराएकी थिइन् । क्लिनिकमा डा. चौधरी स्वयम्ले ५ हजारको दरले दुई पटक भिडियो एक्सरे गरेर छोरी हुन् भनेकी थिइन् । भिडियो एक्सरेमा डा. चौधरीले गर्भमा रहेको बच्चा छोरी रहेको पत्ता लगाएपछि गर्भमा रहेको बच्चालाई मंगलवार राति गर्भपतन गराइयो ।तर गर्भमा रहेको बच्चा छोरा भएपछि गर्भतनमा संलग्न चिकित्सकहरुले बच्चाको लि· काटेर देखाएको पीडित महिलाका भान्जा ललित झाले बताएका छन् । गर्भपतन पञ्चात ती बच्चालाई अभिभावकले हेर्दा लि· काटेको जस्तो लागेको पछि गहन रुपमा विचार गरेर हेर्दा छोरा भएको पुष्टि भएको हो ।
भिडियो एक्सरेमा छोरी भएको डा.चौधरीले भनेपछि आफुले गर्भपतन गराएको बताउँदै पीडित महिला झाले भनिन् –‘छोरी नै छोरी जन्मेकाले छोरा पाउने आशामा गर्भपतन गराए तर अहिले आफैले दु:ख पाए ।’गर्भमा रहेको बच्चा छोरा भएको खवरले आक्रोशित अभिभावकहरुले डा. निलम चौधरीको क्लिनिकमा तोडफोड गर्नलागेपछि पीडित महिलालाई एक लाख रुपैया क्षतिपुर्ति दिने डा. चौधरीले बताएकी छिन । एक लाख दिने भन्दै घटना सार्वजनिक नगर्नपीडित पक्षलाई डा.चौधरीले भनेको स्रोतले जनाएको छ । सो घटनापछि ढाकछोप गर्नडा. चौधरी र उनका सहयोगिहरुलाई रातभरि हम्मे–हम्मे भएको थियो । श्रोत:रासस
.jpg)