यसरी गणतन्त्र संस्थागत हुन्छ : रेग्मी


काठमाडौं, वैशाख २२ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै पक्षबीच एकता आवश्यक भएकोमा जोड दिएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको आज सिंहदरवारमा बसेको बैठकमा अध्यक्ष रेग्मीले विगतका कमी कमजोरीलाई सच्चाउँदै सबै पक्ष एक भएर मुलुकलाई निकास दिनुपर्ने बताए ।

अध्यक्ष रेग्मीले जनआन्दोलनमा योगदान पु¥याउने सबैलाई सरकारले सधै सम्मान गर्ने पनि बताए ।

सरकारले गणतन्त्र दिवस मनाउन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको संयोजकत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।


SHARE THIS

Author:

Facebook Comment