रौतहट, वैशाख २३ । रौतहटमा झोले विद्यालयको बिगबिगी बढेको छ । गरीब र दलित परिवारका बालबालिकालाई लक्षित गरी खोलिएका यस्ता विद्यालय रौतहटमा मात्र तीन दर्जन नाघेका छन् । शैक्षिक सामग्री बिनानै संचालनमा रहेका यस्ता विद्यालय खेत, आँगनमा खर र परालले बनाइएका फुसका छाप्रामा सञ्चालन भइरहेका छन् ।
पाँच कक्षासम्म पठन पाठन हुने यस्ता विद्यालयमा एउटै कोठामा कोचिएर बस्न विद्यार्थी बाध्य छन् । यस्ता विद्यालयमा अत्यधिक संख्यामा विद्यार्थी भर्ना देखाइएपनि अध्ययन गर्न आउने विद्यार्थीको संख्या भने न्युन छ । खेतबारीमा संचालनमा गरिएका विद्यालयले आफनो नामको बोर्ड समेत राखेका छैनन् भने बर्षायामसँगै विद्यालय नै बन्द हुने गरेको स्थानियबासीको गुनासो छ ।
उता, जिल्ला शिक्षा कार्यालयले भने बिद्यालय अनुगमनका क्रममा त्यस्तो केही नभेटिएको भन्दै उल्टै त्यस्ता बिद्यालयलाई बिद्यालय सुधार योजना, पाठयपुस्तक, छात्रबृत्ति, मसलन्द खर्चको लागि बजेट दिंदै आएको छ ।