सशस्त्रका डिआइजी र राजश्व प्रमुखको मिलेमतोमा तस्करी


वीरगञ्ज, २२ वैशाख, सशस्त्र प्रहरी बल, रुद्र बाहिनी गण पथलैयाका बाहिनीपति महावीर गुरुङग र राजश्व अनुसन्धान इकाइ कार्यालय पथलैयाका प्रमुख सूर्य सेढाईको संयुक्त संलग्नतामा बारा, पर्सा, रौतहट र सर्लाहीबाट व्यापक तस्करीको लाइन खोलिएको छ।
पूर्व प्रधानमन्त्री एवम अर्थमन्त्री डा। बाबुराम भट्टराईको घरसँग साँध जोडिएको बताउँदै हिंड्ने राजश्व प्रमुख सूर्य सेढाई एकीकृत नेकपा माओवादीको मकवानपुरमा गत माघमा सम्पन्न भएको महाधिवेशनमा पार्टीलाई पाँच करोड रुपैयाँ सहयोग गर्नु परेको भन्दै यहाँका उद्योगी, व्यापारी एवम् ठूला व्यापारिक प्रतिष्ठानहरुमा छापामारी गरेर स्टक चेक गरेको बहानामा खाताबही जफत गरी पैसा उठाउने अभियानलाई तीब्रता प्रदान गरेका थिए।
एकातिर विभिन्न नाकाबाट तस्करी धन्दाको लाइन सञ्चालन गराउनु र अर्कोतिर व्यापारिक प्रतिष्ठानमा छापामारी गरेर परस्पर विरोधी काम गरेपछि कसैले शंका नगर्ने र पैसा उठ्तीमा दोब्बर नाफा हुने भएकाले यो कामलाई गती दिइएको बताइन्छ। डा। भट्टराई आफ्नो बालसखा भएको दाबी गर्दै हिंड्ने सेढाईमाथि आगामी संविधान सभा निर्वाचनमा एमाओवादी पार्टीलाई सहयोग जुटाउन दबाब परेकाले पनि यो कार्यलाई उनले तीब्रता दिएको उनले आफू निकटलाई वताउने गरेका छन्। साथै त्यही कार्यालयमा कार्यरत अर्का एक अधिकृत सूर्य कुँवरलाई केही ठूला तस्करहरुको कारोबारमा साझेदार नै बनाएको चर्चा समेत बिरगञ्जमा चलेको छ।
डि।आई।जी। गुरुङ र राजश्व अनुसन्धान इकाई प्रमुख सेढाइको प्रत्यक्ष निर्देसनमा वीरगन्ज भंसारको मुख्य नाकावाट केही ठूला तस्करलाई कपडा, हार्डवेयर, किराना सामाग्रीको लाईन भन्सार कर्मचारी समेतको मिलीभगतमा प्रदान गरिएको छ।
प्रकाश रोडवेजका मालिक विनोद अग्रवाल, श्याम रोडवेजका मालिक कमल कुर्मी, विनोद रोडवेजका मालिक ललित कुमार अग्रवाललाई कपडा पैठारीको लाईन दिईएको हो। विनोद अग्रवाल चर्चित तस्करको रुपमा चिनिन्छन्। उनले रक्तचन्दन, देवीदेवताको मुर्ती, हार्डवेयर र कपडाको ठूलो परिमाणमा तस्करीमा गर्दै आएको जानकारहरु बताउँछन्।
सेढांईको ताजा शिकार वीरगञ्जको लिक रोडमा रहेको मोटरसाईकल पार्टसको ठूला कारोबारी केदार अग्रवाल समेत बनेका छन्। गतसाता अग्रवालको पसल र गोदाममा छापामारी गरेर रु। पन्ध्र लाख असुली गरिएको थियो। सेढांईको हरेक गलत कृयाकलापमा त्यहाँका शाखा अधिकृत सूर्य कुँवर मतियार बन्ने गरेका छन्। तस्करीतन्त्रको चास्नीमा सरोकारवाला निकायका प्रायः सबै डुबेका छन्। सभार, हाम्रा कुरा

SHARE THIS

Author:

Facebook Comment