कलैया, वैशाख २२ । मधेश केन्द्रित दलहरुले आज बाराको कलैया बजार बन्द गराएका छन । गएराति सवारी चेकजाँचका क्रममा प्रहरीले राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रमोद गुप्तालाई कुटपिट गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गराइएको हो । प्रहरीको कुटाइबाट गुप्ताको टाउकोमा चोट लागेको छ ।
हिजो रात्रीबसमा काठमाडौं आउने क्रममा चेकजाँचमा रहेका प्रहरीसँग विवाद हुँदा प्रहरीले कुटपीट गरेको आरोप ती दलको छ । अरु ६ जना पनि घाइते भएका छन् । बन्दकर्ताले जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन समेत गरेका छन् । राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिकले आह्वान गरेको बन्दमा फोरम नेपाल र सदभावना पार्टीले पनि समर्थन गरेका छन् । बन्दले शैक्षिक संस्था, बजार र यातायात ठप्प बनेको छ ।