छायांकनको समयमा प्रेमिले अवरोध पैदा गरेपछि निर्माताहरु सुष्मालाई सिनेमामा लिन आनाकानी पनि गरिरहेका थिए । तर नरेनसँग सम्बन्ध टुटेसँगै नायिका कार्कीले ‘विन्दास २’ मा संझौता गरेकी छिन् । राजु गिरीको निर्देशनमा मधुकुमार श्रेष्ठले निर्माण गर्न लागेको यो चलचित्र जेठ ५ गतेबाट छायांकनमा जाँदै छ ।
नायिका कार्कीलाई निर्माणपक्षले साढे २ लाखमा संझौता गरेको दाबी गरेको छ । ‘विन्दास’को सिक्वेल भएका कारण सुष्माले केही कम रकममा काम गर्न राजी भएको दाबी निर्देशक गिरीको छ । चलचित्रमा सुशान्त कार्की, अशोक फुयाँलको पनि अभिनय रहनेछ ।