वीरगन्ज,२०
वैशाखः विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार वीरगन्जमा प्रभात फेरिको आयोजना गरिएको छ ।
घण्टाघर चोकबाट पत्रकार महासंघ पर्साका सभापति केसी लामिछानेको नेतृत्वमा निकालिएको प्रभात फेरि मेनरोडबाट माईस्थान चोक, महावीर स्थान, आदर्शनगर चोक, घडिअर्वा पोखरीबाट पुनः माईस्थान चोक हुँदै घण्टाघर चोकमा कोण सभामा परिणत भएको थियो ।
प्रभात फेरि वरिष्ठ पत्रकार जगदीश शर्मा, प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जारा, aनेपाल प्रेस यूनियन पर्साका उपाध्यक्ष यूवराज खतिवडा क्रान्तिकार पत्रकार महासंघका प्रताप श्रेष्ठ, क्रान्तिकारी पत्रकार संघका आरके पटेल, मधेशी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेल, महिला पत्रकार सञ्जालकी संयोजक बबिता भट्ट, जनजाती पत्रकार संघका कार्यवाहक अध्यक्ष जगत् राई, महासंघ पर्साका पूर्व अध्यक्षहरु शंकर खतिवडा, दिपेन्द्र चौहान र शत्रुघ्न नेपाललगायतको उपस्थिति रहेको थियो ।
कोण सभालाई नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक महेश दास र शाखा सभापति केसी लामिछानेले सम्बोधन गरेका थिए ।