काठमाडौं, वैशाख १९ नेपाल उत्पीडित जातीय मुक्ति समाजले विक्रम संवत् २०७० देखि २०८० सम्म दलित अधिकार दशक घोषणा गर्न दवाब दिने उद्देश्यले थालेको मेची–महाकाली अभियान आज राजधानीमा सम्पन्न भएको छ । गत चैत्र ८ गते इलामबाट सुरु भएको अभियान सुदूरपश्चिमको महाकाली हुँदै राजधानी आईपुगेर समापन भएको हो ।समापन समारोहमा बोल्दै नेकपा एमालेका नेता केपी ओलीले आफ्नो पार्टीले दलित समुदायमाथि हुने छुवाछुत सदासदाका लागि अन्त्य गर्दै उनीहरुलाई समान अधिकार दिलाउने आश्वासन दिए ।
सोही कार्यक्रममा एमाले सचिव शंकर पोखरेलले दलितलाई कानूनी रुपमा अधिकार पर्याप्त भएपनि कार्यान्वयन पक्ष कमजोर भएका कारण न्याय हुन नसकेको बताए ।
अभियानका क्रममा देशब्यापी रुपमा संकलन गरिएको हस्ताक्षर आगामी जेठ २१ गते राष्ट्रपति समक्ष बुझाउने कार्यक्रम रहेको छ ।