सञ्जय दत्त जेल जाने निश्चित

अन्ततः जेल जाने नै भए सञ्जय
नयाँदिल्ली, वैशाख २७ । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले आफू विरुद्धको पैmसला पुनर्विचारका लागि गरेको अपील भारतको पुनरावेदन अदालतले खारेज गरिदिएको छ । सन् १९९२ मा भएको मुम्बई हमलाका दोषीहरुबाट हतियार लिएर अवैध रुपमा राखेको अभियोगमा सञ्जयलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो ।

यसअघि डेढ वर्ष जेलमा विताईसकेका उनले आफू विरुद्धको फैसला पुनर्विचार गर्न टाडा अदालतलमा अपील गरेका थिए । तर, अदालतले सञ्जय विरुद्धको पैmसला पुनर्विचार गर्न नमिल्ने निर्णय दिएको छ ।

अदालतको यो निर्णयसँगै अब सञ्जय दत्तले अब जेल सजाय भोग्नुपर्ने अवस्था आएको छ । यही मे १८ तारीखभित्र उनले कारागार जानुपर्ने छ भने साँढे तीन वर्ष जेलमा विताउनु पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

SHARE THIS

Author:

Facebook Comment