राप्रपा नेपालद्वारा सिंह दरबार घेराउ

काठमाडौं, वैशाख २७ । चार दलले भागवण्डाको आधारमा सम्वैधानिक निकायमा गरेको पदाधिकारी नियुक्ति खारेज गर्नुपर्ने माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज सिंहदरबारमा धर्ना दिएको छ । धर्नामा सहभागीहरुले संवैधानिक निकायमा गरिएको नियुक्ति खारेज गर्नुपर्ने, महंगी नियन्त्रण र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेका थिए । 

बबरमहलबाट नाराबाजी गर्दै सिंहदबार दक्षिणढोकामा धर्ना दिन पुगेका राप्रपा नेपालका कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई हनुमास्थानमै रोकेको थियो ।

SHARE THIS

Author:

Facebook Comment