एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी निर्वाचनमा आए चुनावी एकता हुन सक्ने बताउनुभएको छ । चुनावबाट भागेर समस्याको समाधान नहुने भन्दै अध्यक्ष प्रचण्डले मोहन बैद्यलाई चुनावी एकताको लागी पनि सहमतीमा आउन आग्रह गर्नुभयो । सर्लाहीको हरिवनमा आज हुने आमसभालाई सम्बोधन गर्न जाने क्रममा आज बाराको सिमरा बिमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा प्रचण्डले सो कुरा बताउनुभएको हो । भारतसंग अरुण तेस्रोको सहमती नगरेको बताउनुभएको छ । अरुण तेस्रो सम्बन्धी पहिल्यै भएको सहमती अगाडी बढाउनु पऱ्यो भनेर भारतसंग आग्रह गरेको उहाले बताउनुभयो । लोकमान सिं कार्कीलाई अख्तियार प्रमुख बनाउने प्रस्ताव माओवादीको मात्रै नभई प्रमुख चार दलको रहेको उहाको भनाई छ । कार्कीको प्रस्वात बारे कांग्रेस–एमाले अहिले अन्य शक्तिको दवावमा परेर बद्लिएको अध्यक्ष प्रचण्डको आरोप छ । उहाले आफु सहित उपाध्यक्ष द्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तराईको जिल्लाबाट निर्वाचन लड्न सक्ने बताउनुभयो । नेकपा माओवादी निर्वाचनमा आए चुनावी एकता हुनसक्ने उहाको भनाई छ । प्रचण्डसंग उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पनि सर्लाहीमा हुने कार्यक्रममा संगै