नेपाली चलचित्रमा धमाका मच्चाउने सुर कसेर प्रियंका कार्की ग्रिन कार्ड होल्डर श्रीमान्लाई डिर्भोस दिएर दुई वर्ष अगाडि नेपाल फर्किएकी थिइन्। मिस टिन भइसकेकी हुनाले पनि स्वदेश आगमनपछि उनले भटाभट सिनेमा पाइन। चाैतर्फी उनको चर्चा चुलिँदै गयो। सम्भावना बोकेकी नायिकाको रूपमा चित्रित गरियो तर उनी अभिनीत सिनेमाहरू भटाभट असफल हुन थाले। प्रियकाको डेब्यु मुभी ‘थ्री लभर्स’देखि ‘कलिउड’ र ‘भिजिलान्ते’ तीनै चलचित्र व्यावसायिक रूपमा पूर्ण असफल भए। जसले गर्दा उनको करिएर नै संकटमा पर्न थाल्यो। कतिपयले उनलाई सिनेमाबाटै टाटा वाई–वाई गर्न सल्लाह दिन थाले। तर यहीबेला एउटा म्युजिक भिडियोमा पनि बेडसिन दिएर उनले आफूलाई थप चर्चामा ल्याउने प्रयास गरेकी छिन्।प्रियकाले हेमन्त रानाको आवाज रहेको ‘रातकी रानी’बोलको गीतमा बेड सिन दिएकी हुन्। प्रताप सिंहले निर्देशन गरेको यो गीतको भिडियोमा प्रियंकाको ४५ सेकेन्ड लामो बेड सिनको दृश्य देख्न सकिन्छ। यो गीत ‘मेरो आकाश’ नामक एल्बममा समाविष्ट रहेको छ। यौन पेसा अपनाउन बाध्य पारिएकी युवतीको मर्मलाई उतारिएको यस गीतमा प्रियंकाले खुलेरै बेडसिन दिएकी छन्। उनले यसअघि ‘कलिउड’ र ‘थ्री लभर्स’मा पनि बोल्ड दृश्य दिएर चर्चा कमाएकी थिइन्।