कण्डमको प्रयोगमा पुरुषभन्दा महिला बढी आकर्षित हुने गरेको पाईएको छ ।

शाखाले एकवर्षको अवधिमा ७७ हजार कण्डम निःशुल्क वितरण गरेको अर्यालले जानकारी दिनुभयो । ‘कण्डममा पुरुषभन्दा महिला बढी आकर्षित देखिए ।’ उहाँले भन्नुभयो ‘किनभने यौन तथा प्रजननको विषयमा पुरुषभन्दा अहिले महिलाहरु बढी सचेत भएका छन् ।’
शाखाले गरेको अनुसन्धानमा अधिकाँश पुरुषहरुले यौनसम्पर्क गर्दा तत्कालै बढी आनन्द लिन खोज्ने भएकाले उनीहरुले कण्डम प्रयोग गर्न नचाहेको पाईएको छ । ‘महिलाहरु भविष्यप्रति चिन्ता गर्ने भएकोले कण्डम लगाउन पुरुषलाई दवाव दिन्छन् ।’ शाखा प्रवन्धक अर्यालले बताउनुभयो ।
शाखाले गत जनवरीदेखि ३० डिसेम्बरसम्म ४ सय ८० जना महिलाहरुको सुरक्षित गर्भपतन गरेको जानकारी पनि उहाँले दिनुभयो ।
शाखाले ५४ हजार असहाय, गरिव, जनजाति, दलितलगायतलाई परिवार नियोजनको साधनहरु नरप्लान्ट, आइयुडीलगायतका परिवार नियोजनको अस्थायी सेवा दिइएको छ ।
शाखाले यसअवधिमा १७ हजार १६ जना महिलाको गर्भवति परीक्षण, ३० हजार ८६९ जनाको साधारण स्वास्थय परीक्षण, १३ हजार ३ सय १३ जनालाई खोप तथा प्रयोगशाला सुविधा दिइएको र १ लाख ५ हजार २ सय ९८ जनालाई परिवार नियोजन, प्रजनन स्वास्थय लगायतका विषयमा परामर्श दिइएको बताउनुभयो ।