.
Very Recent Posts
गायिका बुनु उप्रेतीको “टुट्यो टुट्यो आकाशको तारा टुट्यो” सार्वजनिक

गायिका बुनु उप्रेतीको “टुट्यो टुट्यो आकाशको तारा टुट्यो” सार्वजनिक

वीरगंज, १४ जेष्ठ/
सुमधुर स्वरबाट श्रोताहरूलाई तान्ने खुबी भएकी चर्चित गायिका बुनु उप्रेतीको नयाँ गीतको अडियो सार्वजनिक भएको छ ।

करिब दर्जनजति नेपाली गीतहरूमा उत्कृष्ट एवं सुमधुर स्वर दिइसकेकी गायिका बुनु उप्रेतीको सार्वजनिक भएको पछिल्लो गीत हो, “टुट्यो, टुट्यो, आकाशैको तारा टुट्यो” रहेको छ ।

कमला राईको उत्कृष्ट शब्द तथा बाबुल गिरीद्वारा संगीतवद्ध गरिएको सो गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको गायिका बुनु उप्रेतीले बताउनु भयो ।

वियोग एवं मार्मिक शब्दहरूबाट संयोजन गरिएको उक्त गीतको म्युजिक भिडियो पनि चाँडै नै बजारमा आउने गायिका उप्रेतीले जानकारी गराउनु भयो ।

५० हजारको मदिरासहित दुई जना तस्कर पक्राउ

५० हजारको मदिरासहित दुई जना तस्कर पक्राउ

वीरगंज, १४ जेष्ठ/ वडा प्रहरी कार्यालय विर्ताले दुई जना भारतीय तस्करलाई ५० हजार मूल्य बराबरको मदिरासहित पक्राउ गरेको समाचार जानकारीमा आएको छ ।

भारतको बिहार राज्यमा स्थानीय सरकारले मदिरा सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली क्षेत्रबाट अवैध रुपमा विभिन्न ब्राण्डका मदिराहरू ओसार पसार गर्ने कार्यभईरहेको विशेष सुुराकीको आधारमा वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिगएको प्रहरी टोलीले वीरगंज स्थित शंकराचार्य गेट अगाडीको सडक भएर भारतको विहार जिल्ला मोतिहारी थाना रक्सौल पशुपतिनगर बस्ने वर्ष २२ का मोस्तकिम आलम र सोही ठाउँ निवासी २५ वर्षीय बबि पटेलले अवैध भन्सार छलि तथा चोरी निकासी गरी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा विभिन्न ब्राण्डका करिब ५० हजार मूल्य बराबरको मदिरासहित पक्राउ गरिएको विर्ता प्रहरीले जानकारी गराएको छ ।
तस्करहरूको साथबाट बरामद गरिएका मदिरा आइतवार वीरगंज भन्सार कार्यायमा बुझाइएको प्रहरीले जानकारी गराए ।

नेताको दवावमा प्रहरीले अपहरणकारीलाई कार्यवाही नै नगरी उम्काउने षडयन्त्र

नेताको दवावमा प्रहरीले अपहरणकारीलाई कार्यवाही नै नगरी उम्काउने षडयन्त्र

आर.सी.एनबाट
बीरगंज १४ गते जेष्ठ /
श्रीमति उर्मिला देवी यादवले आफ्नो श्रीमान रामाधार राउत यादवलाई अपहरण गर्ने अपहरणकारीहरुको नाम सहित उल्लेख गरी किटानी लिखित जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय पर्सामा २२ दिन अगाडी दिईएको भएता पनि हाल सम्म पर्सा प्रहरीले उक्त जाहेरी दरखास्त दर्ता नगरेको र जाहेरी दरखास्तमा अपहरणकारीहरुको नाम किटानी सहित उल्लेखित अपहरणकारीहरुलाई नेपाली काँग्रेस पार्टी पर्सा क्षेत्र नं. ३ का सभासद अजय चौरसिया लगायतका नेताहरुको दवावमा आएर अपहरणकारी भोला राउत यादव, प्रदिप यादव, शंकर राउत यादव, रधै भन्ने राधा कृष्ण यादव र लाल बाबु यादवलाई पर्सा प्रहरीले साधारण तारेखमा रिहा गरेको आरोप आज रिपोटर्स क्लव नेपाल पर्साको बिशेष साक्षात्कार कार्याक्रममा पिडित श्रीमति यादवले लगाएकी छिन ।

भने बीरगंज उपमहानगरपालिका २७ कुहडी घर भएका श्रीमान यादवको गत बैशाख २४ गते राती ८:०० बजे अपहरण हुनू अगावे दिउँसो करीब १२:०० बजे तिर म श्रीमति यादवलाई मेरो साखै जेठो भिनाजु भोला यादव, जेठी दिदी मन्तुरा देवी राउत यादव, माहिलो भिनाजु बलदेव राउत यादव, माहिली दिदी उषा देवी राउत यादव र जेठी दिदीको छोरा प्रदिप राउत यादवले म अपहरीतका श्रीमति कान्छी बहिनीलाई ललाई फकाई गरेर नजिकको छिमेकी जोगी साहको घरमा लगी गाली गलौज गर्दै म र मेरा श्रीमानलाई मारेर लास गाएब गरी दिने धम्कि दिईदै मलाई सबै मिलेर कुटपिट गरी बेहोश बनाएर छोडी गएका कुरा अपहरीतका पिडित श्रीमति यादवले साक्षात्कार कार्यक्रममा उपस्थित स्थानिय संचारकर्मीहरुलाई बताईन् ।

कार्यक्रममा अपहरीतका भाई नन्द किशोर राउत यादवले भाउजु उर्मिला देवी राउत यादवलाई बारम्बार सोही ब्यक्तिहरुले गत बैशाख २५ र २६ गते गाली गलौज गर्दै ज्यान मार्ने फोन गरी धम्कि दिईएको मोबाईल नं.र कल डिटेल समेत प्रहरीलाई जानकारी गराएता पनि हाल सम्म दाई यादवको प्रहरीले अतोपतो नलगाई सत्यतथ्य घटनाको उजागर गर्न कुनै किसिमको ठोस पहल नगरेकोले कार्याक्रममा भाई यादवले दु : ख ब्यक्त गर्नु भयो ।

सो साक्षात्कार कार्याक्रममा अर्का भाई अवध किशोर यादवले भाउजुको दाजु भाई नरहेको कारण बहिनी उर्मिला देवी राउत यादव र उनका श्रीमान रामाधार राउत यादवलाई भाउजुको जेठी , माहिली दिदी र उनका श्रीमांनहरुले सासु र ससुरा बहादुर राउत यादवको नाममा अढाई बिगाहा खेत लगायत घडेरीहरु कब्जा गर्ने मनसायले दाई यादवलाई अपहरण गरेको बताए ।

उक्त कार्यक्रममा अपहरीतका बहिनी ज्वाई गोपाल प्रसाद यादव, गाउँले नरेश प्रसाद कुशवहा, एजाजुल अंसारी, संजिव कुमार सरार्फ र अपहरित यादवका बर्ष १२ का सुजित कुमार यादव, बर्ष ९ का सुवास कुमार र बर्ष ६ का शनी राउत यादवको समेत साक्षात्कार कार्याक्रम उपस्थित रहेका थिए ।
विशेष साक्षात्कार कार्याक्रम रिपोटर्स क्लव नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा कार्याक्रम सम्पन्न भयो ।
एसएसपी सर्वेन्द्र खनालको उदघोष सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरुलाई कडा कार्वाही गर्ने

एसएसपी सर्वेन्द्र खनालको उदघोष सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरुलाई कडा कार्वाही गर्ने

महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ ।
नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो ।
महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन अर्कोको नाममा नक्कली आइडी चलाउने गरेको जानकारी दिए । उनले भने, “२० देखि ३० वर्ष उमेरका मानिस बढी साइबर अपराधमा सक्रिय भएका छन् ।”
महाशाखामा दैनिक साइबर अपराधका पाँचदेखि सातवटा घटना दर्ता हुने गरेको छ । महाशाखामा दर्ता भएका घटनामध्ये ९० प्रतिशत फेसबुकबाट हुने रहेको महाशाखाले जनाएको छ । महाशाखामा आर्थिक वर्ष २०७२÷७३ मा आठसय ३० र आव ०७३÷७४ मा चारसय ६६ अपराध दर्ता भएका छन् ।
तीमध्ये आव २०७२÷७३ मा १७ र आव २०७३÷७४ मा १५ मुद्दा दर्ता अदालतमा गएको र बाँकीलाई ब्लक गर्न या नयाँ आइडी बनाएर फेसबुकको प्रयोग गर्न लगाएको रायले बताउनुभयो । अपराधमा विद्यार्थी तथा गृहिणीदेखि जागिरेसम्म रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले नचिनेका व्यक्तिलाई फेसबुकमार्फत साथी बनाउँदा साइबर अपराधका घटना बढेको बताउँछन् । उनी भन्छन्, “जथाभावी सामाजिक सञ्जालमा लेख्ने वा अर्कोको नाममा आइडी बनाउने व्यक्तिलाई कडा कानुन बनाई कारबाही गरे मात्र यस्ता घटना घट्छ ।”
खनालले सामाजिक सञ्जालको प्रयोगका लागि नेपालमा आफ्नै साइट बनाउनु जरुरी रहेको बताए । उनले साइबर अपराधका घटना कम गर्न छुट्टै निकाय आवश्यक रहेको उल्लेख गरे ।
नेपालीहेडलाइनस
२२ मङ्सिर २०७३
नेताको उपचार खर्चमा करोडौं खर्च गर्ने राज्य यी बालिका प्रति उदासिन किन ?

नेताको उपचार खर्चमा करोडौं खर्च गर्ने राज्य यी बालिका प्रति उदासिन किन ?

पहिला पहिला ठुलाबडाहरु औषधि उपचारको लागि देस वाहिर आफ्नै खर्चपानीमा  जाने गर्थे । २०४६ साल पछी जनताको छोराछोरीहरु देसका ठुलाठुला पदमा पुगे । सानो रोग लाग्नासाथ सरकारी ढुकुटी खर्चेर आसेपासे साथ लाएर उपचारको नाउँमा बिदेस जाने चलन बसाले जुन आजको मिति सम्म कायमै छ ।
२०४६ साल पछी नेपालमा धेरै नेताहरुले सरकारी ढुकुटी रित्याएर विदेशको महंगा महंगा अस्पतालमा गएर औषधि उपचार गराए तर भोट दिने बिकट स्थानका गरिब जनताहरुले सिटामोलको अनुहार समेत देख्न पाएका छैनन । गरिबको चमेली बोल्दिने कोहि छैन भन्ने गीत यस्तै कारणले रचिएको होला ।
कांग्रेसी महिला नेत्री तथा पुर्व मन्त्रि सुजाता कोईराला गरिब घरानाकि हैनन । हाल स्तन क्यान्सर उपचारको लागी सरकार संग १ करोड मागेकी छिन । पार्टीका युवा नेता गगन थापा स्वास्थ्य मन्त्रि भए पश्चात सरकारी ढुकुटीमा ब्रम्हलुट मच्चाएको देखेर  नेताहरुको उपचार खर्चमा अंकुस लाउन खोज्दैछन तर पार्टी सभापति देउवा देखि अन्य ठुला नेताहरु सुजाता कोईरालाको उपचार खर्चको लागी ५० लाख भए पनि दिनु पर्छ भनेर अड्डी कसेको समाचार यतिखेर छताछुल्ल भएर पोखिएको छ ।
बर्दिया जिल्ला गुलरीया नगरपालीका ५ तुल्सीपुर बस्ने १२ वर्षकि सरस्वती खड्का बिरामी परिन । पारिवारिक अबस्था सारै कम्जोर भएकी खड्का परिवारले प्रथम पटक नेपालगंजको एक नरसिंग होममा लगेर चेकजाँच गराए । ब्रेन ट्युमर भएको छ भनेर डाक्टरले जनाउ दिए । आर्काको जग्गा अधिया गरेर परिवारको पेट पाल्नु पर्ने गरिब खड्का परिवारले छोरीलाई काठमान्डौ लगेर उपचार गर्न सक्ने हैसियत नभयेसी बिरामी बालिका घरमै पिडा खपेर बस्न बाध्य भएकी छिन ।
नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्य मन्त्रि माननीय गगन थापाले स्वास्थ्य मन्त्रि हुनासाथ ‘अब देखि गरिब नेपालीहरुले रोगको कारणले अकालमा ज्यान गुमाउनु  पर्दैन’ भनेर उद्घोष गर्नु भएको थियो ।
मा.स्वास्थ्य मन्त्रीज्यु आफ्नो भनाईमा अडिग हुनुहुन्छ भने ब्रेन ट्युमरले पिडित भै हाल आँखा पनि देख्न छाडेकी १२ बर्षे बालिका सरस्वती खड्काको उपचार राज्यले गरि दिएमा माननीय ज्युको बचनले यथार्तता पाउनुको साथै गरिब नेपाली जनताको कल्याण समेत हुने थियो ।
यो लेख हामीले सामाजिक संजाल फेसबुक प्रयोग्कर्ता श्री प्रितम के.सि को सहयोगमा तयार पारेका हौ ! फोटो तथा विवरण उपलब्ध गराउनु भएकोमा के.सी ज्यु लाई ई-कोशीको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ !

साभारः इकोशी
प्रचण्डको कष्टकर यात्रा

प्रचण्डको कष्टकर यात्रा

-योगेन्द्र गौतम

समय हो समयले परिबर्तन खोजेको हुन्छ र परिबर्तनमा उन्मुक्त हुनु हाम्रो दाइत्व पनी हो यो भनाइ जन नायक बि पी कोइरालाको हो । बर्तमान नेपालको राजनितीले नया कोल्टो फेरेको छ । भनिन्छ जब कोही असफल हुन्छ या गराइन्छ त्यो परिष्थितीमा परिबर्तन कुन माध्यम या कुन बिचारबाट संभब छ त्यो नीति अपनाउनु राजनितीक धर्म हो । पुर्ब नेपाली कांग्रेसका सभापति स्वर्गीय शुसिल कोइरालाको प्रधानमंत्री बाट राजीनामा पश्चात बनेको ओली नेतृत्व सरकालाइ सफल्ताको पगाडी पैनाउन भने  सकिदैन । पुर्ब प्रधानमंत्री ओलीले बिकाश र राजनितीक निकाश भन्दा टुक्का कबिता र भाषणमा नै आफ्नो नौ महिना ब्यातित गरे । उनको कार्यकालमा केही राम्रो काम भनेको चीन संग गरिएको पारबहन शन्धि भने एक हो । यो शन्धिलाइ राजनितीक क्षेत्रमा सकरात्मक रुपमा लिनु पर्ने हुन्छ ।  एउटा उखानको निर्माण गरेर ओली बालुवाटारबाट बिदा भय । म हिडदैछु पाइला  पनी मेटदैछु यो सियोको उखान ओलीमा लागु हुन्छ । लोकपृयता कमाउन उनले हरेक नेपालीको घर घरमा ग्यासको पाइप लगाई दिने नेपाली झण्डाबाहक पानीजाहाज प्रशांत माहासागर र एटलान्टिका माहा सागरमा चलाउने हावाबाट बिजुली उत्पादन गर्ने हरेक क्षेत्र तराइ पाहाडमा चुच्चे रेल गुडाउने जस्ता मनगान्तिक कल्पनिक बिचारहरुले नेपाली जनतामा भ्रामक उत्पन्न गर्न खोजे । कार्लमार्क्स को बिचारमा पनी यस्ता भ्रामिक बिचार उत्पन्न गर्ने राजनितीक ब्यक्तिको बाक्यको कुनै अर्थ नरहनी भनेका छन । कम्युनिष्ट बिचारका आर्का प्रख्यात ब्याक्तित्व माओले पनी आफुले गर्नै नसक्ने कुराले जनतामा भ्रम पार्नु त्यो ब्यक्तिले आफ्नो राजनितीक यात्रामा मात्र स्वार्थ बाहेक केही नसोच्नु हो  । मैले भन्न खोजेको के हो भनी ओली जी एउटा मनगान्त्य ब्यक्ति हुन । उनका एकलोपन मनगान्त्य बिचारबाट अंतत गन्तब्यको बाटो  सागुरो भयो र प्रधानमंत्री बाट राजीनामा दिन परयो ।

एमाले अध्यक्ष के पी शर्मा ओलीको राजीनामा पश्चात नेपाली कांग्रेसको समर्थनमा फेरी एकपटक प्रचण्ड मुलुकको ३९ औ प्रधानमंत्री बन्न पुगे । प्रचण्ड प्रधानमंत्री बन्दा भने आम नेपाली जनतामा आशा र निराशा दुबै देख्न पाइयो । कांग्रेस सभापतिको आशिरबाद भनौ या समर्पण का कारण बनेका प्रधानमंत्री प्रचण्डको गन्तब्य भने कष्टकर हुनेमा दुइमत छैन । एमाले प्रतिपक्षमा बस्ने निर्णय र मदेशी दल संग गरिएको तिन बुदे राजनितीक सहमति नै उनको सफल यात्रा रोकीने संभावना प्रबल देखिन्छ । जनताको हित हुने गरी प्रचण्डले कार्य गर्नु पर्छ भन्ने बर्तमान समयको माग हो । मदेशको समस्या अत्यंत जटिल समस्सा हो । यो समस्याले भारत नेपालको मित्रतामा केही असर पारेको छ । हुनत नेपालको आन्त्रिक मामिलामा भारतको हष्तक्षेप उपयुक्त होइन । नेपालले पनी भारत लाइ गाली गरेर मात्र समस्याको समाधान हुदैन । प्रधानमंत्री प्रचण्ड जी माथी यी चुनौतीहरु तेर्सिएका छन । राजनितिक एकता पनी आजको आवस्यक्ता हो । सबै बिषयलाइ चिंतन गरेर राजनितीक दलहरु संघ छलफल को माध्यमबाट संकटको समाधान हुनु पर्छ भन्ने नेपाली जनताको मान्यता हो ।

प्रकाशन मिति २०७३ साउन २० गते विहीबार
खरानीले आगो छोप्छ समाप्त हुँदैन

खरानीले आगो छोप्छ समाप्त हुँदैन

-स्वयम्भुनाथ कार्की

ज्ञानेश्वरको उकालोमा भएको एक घरको आँगनबाट आधारातमा कयौ भरिएका ट्रक निक्लिए । सिंहदरवारबाट पनि  त्यस्तै ट्रकहरु निक्लिए । ती ट्रकहरुमा किताप र कागजातहरु भरिएका थिए जो रातारात नष्ट गर्न अज्ञात स्थल तर्फ लागे । २०४६ चैत्र मसान्त र २०४७ बैसाख शुरुतिर यो घटना भएको चर्चा साउतीको रुपमा नेपालभरी फैलिएको थियो । ज्ञानेश्वरको त्यो घरमा ‘पञ्चायत नीति तथा जाँचबुझ केन्द्र’ थियो । पञ्चायत व्यवस्थाका प्रकाशनहरु , त्यसवेलाका तथ्यांकमा आधारित अनेकौ पुस्तिकाहरु र यस्तै कागजातहरु त्यहाँ थिए । सञ्चार मन्त्रालय , सुचना विभाग तथा अन्य कार्यालयहरुमा भएका यस्तै प्रकृतिका सजिलै हटाउन सकिने किताप, कागजातहरु रातारात हराए ।

त्यो समय पञ्च भनिएकाहरु लुक्ने अवस्था थियो । पञ्चायत हटेर बहुदल कायम भएको महिना दिन भित्रै भएको यो काम कसले गर्‍यो भनेर अट्कल गर्नुपर्ने कुनै आवश्यकता नै छैन । तर झण्डै तीस बर्षको अवधिमा भएका राम्रा वा नराम्रा कामहरु , त्यसका असरहरु कायम नै रहेकाले यसरी कागजात हटाएर मेटन खोज्नु त्यसवेला हास्यास्पद लागेको थियो । विस्तारै गाँउ पञ्चायतको बोर्ड गाँउ विकास समिति भयो , नगर पञ्चायत नगर पालिका भयो । अञ्चलाधिश खुम्चेर अंचल प्रशासक भए । वियर ङ्खयाक्टीहरु खुल्नलागे, एक यस्ता ङ्खयाक्ट्ररी खुल्दा कपडा कारखाना , कृषि औजार कारखाना, सिमेन्ट कारखाना आदि जस्ता दुई कारखाना बन्द हुने क्रम शुरु भयो ।

रंगरोगन बदलेर अर्कै हो भनेर भ्रम दिन सकिने कुरा बाहेक अन्य कुराहरु भत्काउने काम भयो । दशक पछि वल्ल सोध्न थालियो पञ्चायतले के काम गरेको थियो रु त्यो काम देखाउन कागज खोज्दा बल्ल बुझियो किन कागजातहरु नष्ट गरिएको रहेछ । औद्योगिकरणको नाममा बहुराष्ट्रिय कम्पनीहरुको उद्योगमा ताली बजाएर मख्ख पर्नेहरुले देखे न बाँसवारी छाला जुत्ता कारखाना छ, न हेटौडा कपडा कारखाना । पृषिऔजार कारखानामा खिया लागिसकेको छ , शाही औषधि लिमिटेड विमारी भएको छ । टा्रली बसमा भंगेराहरुको गुँड बनेको छ ।

नेपालले निर्यातगर्ने गरेका उत्पादनहरु अब नेपाले नै आयात गर्दै छ । पहिले कृषि क्षेत्रमा आउने भारतिय मजदुरको साटो नेपालबाट पञ्जाव मजदुरी गर्न जाने चलन बसिसकेको छ । व्यापार कम्पनीहरु निर्यातको स्थानमा आयात गर्न थालीसकेका छन । नभन्दै ४६ पछि युवा भएकाहरुलाई नेपाल यस्तो थियो भनेर देखाउने कुराहरु दुर्लभप्राय भैसकेका छन । जुन कामको निमित्त आङ्खनो गाँउ पञ्चायत कार्यालय प्रयाप्त थियो त्यसको निमित्त काठमाण्डौ धाउनै पर्ने वाध्यता शुरु भै सकेको छ । हुम्ला, जुम्ला जस्ता विकटमा शुरु गरिएका आयोजनाहरुको भव्य कार्यालयहरु बागवजार, डिल्लीबजार तिर भेटिने संस्कार बसेको छ ।

यसरी विगतका झण्डै तीन दशक पञ्चायतको आगोको फिलुङ्गो खरानीले छोप्यो । त्यो आगोको झरिलो फिलुङ्गगो नै थियो , त्यसले पोल्यो पनि र पकायो पनि । तर आफुलाई ठूलो देखाउने क्रममा त्यो आगोले पोलेको कुराको भने खुव प्रचार भयो , तर त्यो आगोको रापले पाकेको खाना लुकाईयो । त्यसको उर्जाले चलेका अनेकौ सकारात्मक काम लुकाईयो । त्यसको ज्वालाले मुलुकमा फैलाएको उज्यालो अस्विकार गराईयो । बत्तीको उज्यालो गौण गरेर त्यो बत्तिको शिखासंग जोरी खोजेर बलेका पुतलीको थुप्रो देखाईयो ।

झरिलो फिलुङ्गगोमा लागेको फुल खरानीले त्यसको आभा लुकाउछ , तर हावाको झडका पाउने वित्तिकै फुल खरानी झर्छ । झण्डै तीस बर्ष पछि त्यही अवस्था आयो , भारतसंगको घनिष्टतामा नेपालमा रजाई गरेकाहरुलाई एकाएक धक्का लग्यो । भारतसंगको घनिष्टताको कुरा कुनै आरोप हैन बेलाबेलामा वर्तमानका सबै अगुवाहरुले सार्वजनिक मञ्चहरुमा गौरवले स्विकार गरेको कुराको आधारमा भनिएको हो । नेपालका सबै जातजातीहरु बीच कायम सद्भावना भडकाउनेलाई कुर्सीमा बसाउने काम भएको छ । यसले हरेक सर्वसाधारण नेपालीको मन डढेको छ । कुर्सी पाउन जति सक्यो नेपाली नेपाली बीच फटोल्याउनु पर्ने रहेछ भन्ने मान्यता स्थापित हुँदै गएको अवस्था छ ।

यस्तो वेलामा भारतले नग्न हतक्षेप गर्‍यो भनेर कोलाहल मच्चिन पुगेको छ । हिजो त्यही घनिष्टतामा सत्तामा पुग्नेहरुका जमात नै आज भारत विरोधलाई राष्ट्रवाद देख्न पुगेको छन । बहुदल स्थापना पछि लगातार राष्ट्रवादलाई भारतलाई गाली गर्ने भनेर होच्याउन खोज्नेहरु वर्तमानमा भारतलाई गाली गर्न उद्यत छन । हिन्दु राजाले मात्र पाउने शास्त्रिय अधिकार मोदीको पाउमा चडाउनेहरु अहिले मोदी निन्दामा मोक्ष देख्छन । उनिहरुलाई न पहिले राष्ट्रवादको अर्थ थाहा थियो न अहिले नै थाहा छ । तै पनि आङ्खनो अहिलेसम्मको जीवनमा गाली बाहेक केही नगरेको राजा महेन्द्रको नाम आफुमा टाँसेर राष्ट्रवादी भनाईन खोज्छन ।

खरानीले छोपे पनि आगो समाप्त हुँदैन , यो वचन अहिले चरितार्थ भएको छ । तीन हजार भन्दा ज्यादा स्थानिय निकाय हुँदा अत्यास लागेर हजार भन्दा कम स्थानिय निकाय राख्ने कुरा गर्दैछन । पञ्चायतले ४० हजारको हाराहारीमा व्यवस्थापन गरेको स्थनिय संरचना जनसंख्यामा तीन गुणा वृद्धि हुँदा पनि हजारमा सिमित गरेर कसरी तलसम्म अधिकार दिएको ढ्वाङ्ग फुक्छन तिनै जानुन तर कागले मजुरको प्वाँख टाँस्दैमा मजुर बन्दैन । राजा महेन्द्रको नामले वैतरणी तर्ने अधिकार त्यसै प्राप्त हुँदैन त्यसको निमित्त राष्ट्रवादको राँको मनमा बाल्नु पर्दछ र राष्ट्रमा जनता पनि पर्दछन ।

एक थरी जनतालाई पहाडिया, अर्को थरीलाई मधेशी, फेरी अर्को थरीलाई मतवाली भनेर नेपाली नेपाली बीच विभेद गर्ने कहिल्यै राष्ट्रवादी हुनै सक्दैन । नगरिकताको प्रमाण पत्र बोक्ने वित्तिकै कोही नोपली हुँदैन ‘नेपाली हुन पवित्र मन नेपाली ’ चाहिन्छ । र त्यसले कसैलाई धोती, टोपी, दोक्चामा विभाजन गर्नु महापाप हो भन्ने बुझेको हुन्छ । मजुरको प्वाँख टाँसेर काग मजुर हुँदैन , जति नै खरानीले छोपिए पनि आगो समाप्त हुँदैन किनभने यो भित्र हुन्छ ।

विराटनगर १
प्रकाशन मिति २०७३ साउन २० गते विहीबार