पर्सा, १८ फागुन ।
सिँचाई मन्त्री उमेश यादवले जनमैत्री व्यवहार र व्यक्तिगत लाभमा नलाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । क्रान्तिकारी पत्रकार संघ प्रदेश नम्बर २ ले आज वीरगन्जको होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले सिंचाईको लागि पूर्वाधार कार्यक्रमको घोषणा सहित कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले भूमिगत जलस्रोतलाई उपयोग गरी खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउन २ नम्बर प्रदेशमा कार्यक्रमको घोषणा गरिएको र कार्यान्वयनमा खरो रुपले उतर्ने सञ्चारकर्मी सामु प्रतिवद्धता जनाउनुभएको छ । मन्त्री यादवले किसानहरुलाई फागुन मसान्त सम्म आफ्नो क्षेत्रमा भएका सिंचाईका योजनाहरु मन्त्रालयसम्म पठाउन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘चूरे विनाश र वन विनाशले पानीको मुहान सुक्दैछ ।
यो कुरालाई अहिलेबाटनै ध्यान दिएर जलसंरक्षणतर्फ नलागे भविष्यमा नेपाल जस्तो देशमा समेत सिंचाईको अभाव हुने तर्क गर्नुभयो । आफू मन्त्री भएको समयमा सिंचाई तर्फ घोषित कार्यक्रम जेष्ठ मसान्त सम्ममा कार्यान्वयन भएरै छाड्ने मन्त्री यादवको दावी छ । सिंचाई मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने कतिपय योजनालाई लिएर कर्मचारी भर्ती केन्द्र मात्र बनाउने परिपाटीलाई समाप्त पार्ने र खेतीयोग्य भूमिलाई प्रयोगमा ल्याउने उहाँको भनाई थियो । उहाँले गण्डक नहरको पानी योबर्षदेखि सम्झौता भए अनुसार नै छोड्ने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । क्रान्तीकारी पत्रकार संघ २ नम्बर प्रदेशमा सह संयोजक कृष्ण उदास खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाओवादी प्रदेश नम्बर २ का सचिव क्षेत्र बहादुर श्रेष्ठ अनिल, पर्साका अध्यक्ष बाबुराम कौशिक, उपाध्यक्ष रामदरश कुश्वाहा, शम्भुपाल, क्षेत्रीय सिंचाई डिभिजन कार्यालयका प्रमुख राजेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन क्रान्तिकारी पत्रकार संघ पर्साका उपाध्यक्ष राधेश्याम पटेलले गर्नुभएको थियो । पत्रकार सम्मेलन पछि मन्त्री यादव पर्साको विजवनियामा पूर्ण सिंचाई युक्त घोषणा कार्यक्रममा सहभागि हुनुभएको छ ।

–निरज मगर