२०७१/८/२४
न्याय पाउन ढिलो भएपनि अब आफूले न्याय पाउंला भन्ने आशामा हर्षित भएका छन्, वीरगंज उपमहानगरपालिका छपकैया निवासी बिक्रान्त नेपाल । सानो पाईला नामक गैर सहकारी संस्थाका संस्थापक अध्यक्ष कञ्चन झाले सो संस्थामा बसी अनियमिता गरेको र पोल खुल्ने डरले झाले सानो पाईलाका कोषाअध्यक्ष बिरुद जिल्ला प्रशासन कार्यालय पर्सामा फर्जी उजुरी दिई उम्किन प्रयास समेत गरेको बिक्रान्त नेपालले बताए । समाज सेवाको निम्ति केही उद्देश्य बोकेर हिँडेको सानो पाईलाका कञ्चन झाले नै अनियमिता गरेपछि समाजले के निकास पाउंला त ? सोही संस्थाका कोषाअध्यक्ष प्रशान्त ढुंगेलको किर्ते जालसाजी गरी कञ्चन झाले अनियमिता गरेको जानकारी भएपछि ढुंगेल यही मिती २०७१ असोज १० गते जिल्ला प्रसाशन कार्यालय पर्सामा किर्ते गर्ने झालाई कारवाहीको मांग गर्दै निवेदन दर्ता गराएका थिए । सानो पाईलाका संस्थापक कञ्चनले किर्ते जालसाजी गरेकाले हिरासतमा लिई सोधपुछ गर्न जिल्ला प्रहरी कार्यलय पर्सामा ३८४ नम्बर दर्ता गरी जिल्ला प्रसाशन कार्यालय पर्साले पत्र पठाएको थियो । तत्कालीन पर्साका प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले केरकारका सई निर्मल ज्ञवालीलाई यस सम्बन्धमा कञ्चन झासँंग सोधपुछ गर्न निर्देशन समेत दिएको तर एसपी सिंहको त्यही बेला सरुवा भएको हुनाले कारवाही प्रक्रियामा ढिलो भएको हो । दिवेश लोहनी पर्सामा आगमन् भएपछि अनिमियता गरेको ढाकछोप गर्नका लागी झाले उल्टै कोषाअध्यक्ष बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिई मानसिक यातना दिएको र पर्साका एसपी लोहनीले आफ्नै निवासमा बोलाई तपाईहरु मिल्नुस् न त्र झाले दिएको उजुरीमा तपाईहरुलाई कारवाही गर्ने, अपशब्द भाषा प्रयोग गरेको साना पाईलाका सचिव नेपालले बताएका छन् । सचिव नेपालले अनियमिता गरेको झा र पर्साका प्रहरी उपरीक्षक लोहनी बिरुद्ध अख्यितार अनुसन्धान आगोग काठमाडौैंमा उजुरी दिएपछि अख्यितार अनुसन्धानले यही बिहीबार अञ्चल प्रहरी कार्यलय नारायणीमा लिखित पत्र पठाएको भरपर्दाे श्रोतले जनाएको छ । पत्रमा साना पाईलाका संस्थापक कञ्चना झा र जिल्ला प्रहरी कार्यलयका कार्यालय प्रमुख दिवेश लोहनीसँग स्पष्टीकरण समेत मांग गरेको समाचार प्राप्त भएको छ । पिडीतले उजुरी दिँदा संस्थाको रकम हिनामिना गर्न झालाई कारवाहीको मागं गर्दा एसपी लोहनीले आफनो वर्दीको रवाफ समेत देखाएको छन् । साभार :- वीरगंज समाचार पत्र दैनिक