यसको अर्थ उनीहरु बिहान सबेरै उठ्छन् । एप्पल सिइओ टिम कुक देखि फेसबुकका संस्थापक मार्क जुकरबर्ग अनि पेप्सीको का अध्यक्ष इनद्रा नुई लगायतका दुनियाका सफलतम व्यक्तित्वहरुको दिन तब सुरु भैसकेको हुन्छ जबसम्म बाँकी दुनियामा ओछ्यानमा सुतिरहेको हुन्छ ।यो अतिरिक्त समयको प्रयोग सफल मानिसहरुले सृजनात्मक मनन तथा सरीरलाई तन्दुरुस्त राख्नका लागि व्यायाम गर्नुका साथै परिवारका साथ बिताउनमा खर्चिन्छन् । दुनियाका सबैभन्दा सफल व्यक्ति बिहान कतिबजे उठ्छन् त ? जानिराखौँ:
टिम कुक: एप्पलका सिइओ टिम कुकले दिनको सुरुवात निकै सबेरैबाट गर्दछन् । गकर डट कमका अनुसार टिम कुक बिहानै साढे ४ बजे उठिसक्छन् । उनी बिहान ५ बजे जिमखाना जाने गरेका छन् ।
इनद्रा नुई: पेप्सीको कम्पनीकी सिइओको दिन पनि निकै सबेरै सुरु हुन्छ । फच्र्युन म्यागेजिनका अनुसार उनी बिहान ४ बजे नै उठि्छन् । निद्रा भगवानले दिएको एक उपहार भएपनि आफुलाई त्यो उपहार कहिल्यै प्राप्त नभएको उनले बताउने गरेकी छिन् । उनी हरेक दिन बिहान ७ बजे नै कार्यालय पुग्ने गरेकी छिन् ।
माकै जुकरबर्ग: फेसबुकका संस्थापक तथा सिइओ जुकरबर्ग बिहान सबेरै उठ्दछन् । स्लिपी पिपुल डट कमका अनुसार उनले ६ बजेदेखि नै आफ्ना प्रोग्रामर्सहरुसँग च्याट गरेर कामको सुरुवात गर्दछन् ।
रिचर्ड ब्रेनसन: भर्जिन ग्रुपका संस्थापक तथा अध्यक्ष रिचर्ड ब्रेनसनले बिजनेस इनसाइडरलाई दिएको अन्तरवार्तामा आफु बिहान पौने ६ बजे नै उठिसक्ने बताएका छन् ।
आफ्नो निजि टापुमा बसेको बेला पनि सोही बेला उठिसक्ने उनी बताउँछन् । बिहान छिटो उठ्न सकियोस् भनेर उनी कोठाको पर्दा खोलेरै सुत्ने गर्दछन्, ता की कोठाभित्र प्रकाश छिरोस् र निद्रा भंग होस् । उनी उठेपछि केही समय व्यायाम गर्दछन् र बिहानै ब्रेकफास्ट गरेर आफ्नो काम सुरु गर्दछन् ।
बब आइगर: डिज्नी कम्पनीका सिइओ आइगर बिहान साढे ४ बजे नै उठ्ने गरेका न्युयोर्क टाइम्सले जनाएको छ । बिहानको समय निकै शान्त हुने भएकाले आफुले बिहान पत्रिका पढ्ने, व्यायाम गर्ने, गीत सुन्ने, इमेल हेर्ने तथा टिभी हेर्ने लगायतका काम गर्ने उनले बताएका छन् ।
उर्सुला बर्नस् : जेरक्स कम्पनीकी सिइओ उर्सुला पनि बिहान सबेरै उठि्छन् । याहु फाइनान्सका अनुसार उर्सुला बिहान सबा ५ बजे उठिसक्छिन् । बिहान केही समय उनी आफ्नो इमेल चेक गर्छिन् । साताको दुइ दिन चाहीँ उनी बिहान एक घण्टा भने उनी निजि व्यायाम गुरुसँग व्यायाम सिक्दछिन् ।
एजेन्सीको सहयोगमा