सोमबार, २ कार्तिक
भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न उनको दिल्लीस्थित सरकारी निवास रेसकोर्समा पुगेका उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापासँगको भेटमा मोदीले केही नाका खुकुलो बनाउने आश्वासन दिए पनि कुन नाका र कहिलेबाट भन्ने विषयमा कुरै गरेनन् ।
उनले मधेसमा जारी आन्दोलनको उचित समाधान र संविधान संशोधन नभएसम्म भारतले सहज आपुर्ति नगराउने संकेत गरे ।
मोदीसँगको भेट पछि निराश बनेका थापाले प्रधानमन्त्री केपी ओलीको भ्रमण पछि मात्र सबै समस्या समाधान हुनसक्ने बताए । ओली तिहार लगत्तै भारत जाने लगभग तय भएको बताइएको छ ।
श्रोतः नेपाल सन्देश