वीरगंज, २ जेठ
गत वैशाख १२ र २ गते आएको विनाशकारी भुकम्पमा परी राहत र उद्धारको पर्खाइमा रहेका प्रभावित मुलुकवासीकालागि राहत सामग्री पठाउने क्रमलाई निरन्तरता दिंदै लायन्स क्लवले सात लाख मूल्य बराबरको राहत सामग्री प्रभावित क्षेत्रतर्फ पुनः पठाएको छ ।
लायन्स क्लव ३२५ बी २ लगायत वीरगंजका सम्पूर्ण लायन्स तथा लियो क्लवका सदस्यहरुले संयुक्त रुपमा संकलन गरी सो मूल्य बराबरको राहत सामग्री भु–कम्प प्रभावित क्षेत्रतर्फ पठाएको क्लवका डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भएको छ ।
डिस्ट्रिक्ट चेयर पर्सन कानुका अनुसार शनिवार पठाइएको राहत सामग्रीहरुमा चामल तीन हजार किलो, एक सय ५० किलो चिउरा, आलु दुई हजार किलो, दाल तीन सय किलो, नुन तीन सय किलो, तेल १५० लिटर, त्रिपाल १२० थान, टेन्ट ५२ थान, कम्बल १२४ थान, चाउचाउ २५ कार्टुन, विस्कुट तीन कार्टुन, मिनरल वाटर १० कार्टुनलगायतका रहेको छ ।
वीरगंजका लायन्स क्लवहरूले यसअघि पनि पटक–पटक गरी करिब ४२ लाख बराबरका राहत सामग्री पठाइसकेको उनले बताएका छन् ।