सबै पक्षस ँँग प्रधानमन्त्रीले वार्ता गर्ने
काठमाडौं । संघीय लोकतान्त्रिक राष्टिय गठबन्धनमा सामेल राजनीतिक दलहरुले आज प्रधानमन्त्री सुशील कोईरालालाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझदै प्रधानमन्त्री कोईरालाले सबै मिलेर संविधान जारी गर्न र आफू सहमतिमै संविधान जारी गर्नको लागि सबै पक्षसाग वार्ता गर्ने तयारी गरिरहेको बताउनु भयो । सोको लागि आफूहरुले गृह कार्यलाई अगाडी बढाएको उहााले बताएको जानकारी गठबन्धनका नेता एवं लोक दलका अध्यक्ष कौशल कुमार सिंहले जानकारी गराउनु भयो । गठबन्धनमा सामेल आठ वटा राजनीतिक दलहरुसागको भेंटमा प्रधानमन्त्री कोईरालाले सबैले सहमतिको कुरा गर्ने तर ठोस आधार प्रस्तुत नगर्ने भएको हुनाले नै संविधानमा सहमति जुटन नसकेको बताएको सिंहले बताउनु भयो । प्रधानमन्त्रीले संविधान निर्माणको लागि आफूहरुले सबै पक्षसाग कुराकानी गरिरहेको र माघ ८ भित्रै संविधान जारी गर्ने बताए ।
भेंटमा प्रधानमन्त्री कोइरालाले आफू पनि संघर्षबाटै आएको हुनाले लोकतन्त्रलाई सुदृढ गर्नको लागि सबै वर्ग, समुदाय, जातजाति, लिंगको अधिकारलाई सुनिश्चित गर्नको लागि सबैको कुरालाई संविधानमा समेटनु पर्ने बताएका थिए । अहिले संधिवानको मुल विषयहरु राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली जस्तामा देखिएको असहमतिले वातावारण नराम्रो बनाएको हो । अहिले सहमतिमा केहि कुरा तलमाथि गरेर भए पनि संविधान अहिले निर्माण गरेर अरु कुरा पछि थप्दै जान सकिने समेत प्रधानमन्त्रीले बताउनु भयो ।
ज्ञापन पत्र बुझाउने क्रममा गठबन्धनका नेताहरुले विगतमा सरकारले गरेको सहमति र समझौतालाई कार्यान्वयन गर्न र त्यस समझौतालाई संविधानमा लेख्न आग्रह गरेका थिए । यदि त्यसो नगरिए मुलुक फेरी दन्दमा फस्ने र मुलुकले विकासको गति लिन नसक्ने नेताहरुले प्रधानमन्त्रीलाई सुझाएका थिए । ज्ञापन पत्रमा सबै शक्तिहरुलाई समेटेर संविधानका अन्तरवस्तुमा सहमति जुटाई संविधान जारी गर्न भनिएको छ । पहिचान र सामथ्र्यको आधारमा संघीयता, समानुपातिक सहभागिता, धर्म निरपेक्ष, समावेशी लोकतन्त्र लगायतका विषयमा सहमति जुटाई सबैको अधिकार सुनिश्चित हुने गरी संविधान जारी गर्न प्रधानमन्त्रीसाग माग गरिएको छ । ज्ञापन पत्रमा शीतलहर, हिमपात र सुख्खाग्रस्त क्षेत्रमा तत्काल प्रभावकारी ढंगले राहतका कार्यक्रमहरु संचालन गर्न माग गरिएको छ ।
गठबन्धनका वर्तमान अध्यक्ष गंगा महराले ज्ञापन पत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । सो क्रममा लोक दलका अध्यक्ष सिंहले सबैलाई समेटेर संविधान निर्माण गर्दा सबैको समर्थन हुने र जारी हुने संविधान स्थायी हुने बताउादै संविधानमा पिछडावर्ग (ओबीसी), दलित, मधेशी, जनजाति, महिलाको अधिकारलाई समेटन आग्रह गरेका थिए । खस समावेशी पार्टीका अध्यक्ष राजन केसीले संविधानमा खस जातिको अधिकारलाई सुनिश्चित गरेर संविधान जारी गर्न बताउनु भयो । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष ऋषीराम कटेलले मुलुक अहिले अन्यौलमा रहेकोले सबैको अधिकार सुनिश्चित हुने किसिमले संविधान जारी गरी निकास निकाल्न आग्रह गर्नु भयो । नेकपा (संयुक्त माक्र्सवादी) का महासचिव प्रकाश अधिकारीले गठबन्धनले अगाडी सारको मागलाई सहजताका साथ लिई संविधानमा गठबन्धनको मागलाई राख्न सुझाव दिनुभयो । संघीय गणतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष अमरध्वज लामाले सबै पक्षलाई संविधानमा अधिकार संपन्न गरी संविधानलाई अगाडी बढाउन आग्रह गर्नुभयो । ज्ञापन पत्र बुझाउने क्रममा आठ वटै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं । संघीय लोकतान्त्रिक राष्टिय गठबन्धनमा सामेल राजनीतिक दलहरुले आज प्रधानमन्त्री सुशील कोईरालालाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझदै प्रधानमन्त्री कोईरालाले सबै मिलेर संविधान जारी गर्न र आफू सहमतिमै संविधान जारी गर्नको लागि सबै पक्षसाग वार्ता गर्ने तयारी गरिरहेको बताउनु भयो । सोको लागि आफूहरुले गृह कार्यलाई अगाडी बढाएको उहााले बताएको जानकारी गठबन्धनका नेता एवं लोक दलका अध्यक्ष कौशल कुमार सिंहले जानकारी गराउनु भयो । गठबन्धनमा सामेल आठ वटा राजनीतिक दलहरुसागको भेंटमा प्रधानमन्त्री कोईरालाले सबैले सहमतिको कुरा गर्ने तर ठोस आधार प्रस्तुत नगर्ने भएको हुनाले नै संविधानमा सहमति जुटन नसकेको बताएको सिंहले बताउनु भयो । प्रधानमन्त्रीले संविधान निर्माणको लागि आफूहरुले सबै पक्षसाग कुराकानी गरिरहेको र माघ ८ भित्रै संविधान जारी गर्ने बताए ।भेंटमा प्रधानमन्त्री कोइरालाले आफू पनि संघर्षबाटै आएको हुनाले लोकतन्त्रलाई सुदृढ गर्नको लागि सबै वर्ग, समुदाय, जातजाति, लिंगको अधिकारलाई सुनिश्चित गर्नको लागि सबैको कुरालाई संविधानमा समेटनु पर्ने बताएका थिए । अहिले संधिवानको मुल विषयहरु राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली जस्तामा देखिएको असहमतिले वातावारण नराम्रो बनाएको हो । अहिले सहमतिमा केहि कुरा तलमाथि गरेर भए पनि संविधान अहिले निर्माण गरेर अरु कुरा पछि थप्दै जान सकिने समेत प्रधानमन्त्रीले बताउनु भयो ।