– जनकमान डंगोल
क्षेत्रीय कार्यालयहरु क्षेत्रीय सदरमुकाममा नै राखेर काम कार्यहरु संचालन गर्नु पर्ने तत्कालिन श्री ५ को सरकारको नीति नियम अनुसार मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकाम हेटौडामा कार्यालयहरु स्थानान्तरण हुने क्रममा मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय राजधानी काठमाडौंबाट बि.सं.२०५४ सालमा हेटौडामा स्थानान्तरण भएको हो ।
हेटौडामा क्षेत्रीय प्रहरी कार्यालय स्थापना भए पश्चात २०५५ साल फाल्गुण तिर तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईराला आÇना दलबल सहित कर्णाली एअरको हेलिकप्टरबाट हेटौडा भ्रमणमा आउनु भएको थियो । क्षेत्रीय प्रहरी कार्यालय भाडाको भवनमा हु.प्र.चौरमा संचालन थियो । हु.प्र.चौरमा हेलिकप्टर अवतरण गरेर प्रधान मन्त्रीको टोली क्षेत्रीय प्रहरी कार्यालय भित्र प्रवेश गर्यो ।
तत्कालिन प्रहरी नायब महानिरीक्षक श्री रुपाल शम्सेर ज.ब.रा संग सम्पूर्ण क्षेत्रको शान्ति सुरक्षाको बारेमा जानकारी हासिल गरे पश्चात कार्यालयको बाहिर चौरमा शान्ति सुरक्षाको बारेमा त्यति रुचिसँग भलाकुसारी गरिएको देखिएन तर आउँदो ०५६ सालको संसदीय निर्वाचनमा कांग्रेस पार्टीको स्थिति के कस्तो छ भन्ने बारेमा मात्र सोधखोज भयो । प्रधानमन्त्रीको प्रश्न गराई देखेर यो पंक्तिकार घोर आश्चर्यमा पर्यो किनभने प्रहरीको काम भनेको समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्नु हो तर कुन राजनीतिक पार्टीले के कति मत प्राप्त गर्छ भनेर मतदाताको नारि छाम्दै हिंड्नु नेपाल प्रहरीको काम र कर्तब्य भित्र पक्कै पनि पर्दैन होला ।
कुराकानीको दौरानमा प्रधानमन्त्रीले केहि सम्झेझैं गरेर प्रहरी नायब महानिरीक्षक राणालाई सोध्नुभयो “हैन डी.आई.जी साप हिजो हामी भूमिगत हुँदा तपाईहरुको पुलिसले हामीहरु कहाँ बस्छम के गर्छम् सबै पत्ता लगाएर दरबारमा जाहेर गर्ने गथ्र्यो तर अहिले त्यस्तो किन हुन्न” ? प्रहरी नायब महानिरीक्षक राणाले जवाफ दिनु भयो हैन प्रधानमन्त्रीज्यु हजुरलाई भ्रम भएको होला “नेपाल प्रहरी अहिले पनि सुचना संकलन गरेर शान्ति सुरक्षा दिन सक्षम छ” । त्यसो हो भने माओबादी आतंककारी गतिविधि किन दिन प्रतिदिन बढ्दै छ ? प्रधान मन्त्रीको जिज्ञासामा प्रहरी नायब महानिरीक्षक राणाले जवाफ दिनु भयो “नेपाल प्रहरीले आÇनो श्रोत साधन र बल बुत्ताले भ्यायसम्मको सबै उपाय अपनाएर लडाई लड्दैछ प्रधानमन्त्रीज्यू” । त्यस पछी उहाँले सोधखोज गर्नु भएन र झन्डै १ घन्टाको भेटघाट तथा छलफल पश्चात प्रधानमन्त्रीको टोली राजधानी फकिर्यो ।
पंक्तिकारले मनमनै सोच्यो यस्ता व्यक्तिलाई के कुन हिसाबले देशको गरिमामय पद प्रधानमन्त्रीमा उक्त पार्टीका बहुमत सदस्यहरुले निर्णय गराएर आसिन गराए ? प्रधानमन्त्री पद भनेको त सार्वजनिक पद हो र त्यो पदमा आसिन भएपछि देश र जनताको हित सोच्नु पर्नेमा त्यसो नगरी आÇनो पार्टीले आगामी चुनाव प्रचारमा के कति मत ल्याउँछ, पार्टीको स्थिति के कस्तो छ भनेर प्रहरी कार्यालयहरुमा सोधखोज र चिन्तन गर्दै हिंड्छन् भने त्यो गरिमामय पदको अबमूल्यन भयो कि भएन ?
हिजो काँग्रेस तथा कम्युनिस्ट पार्टीहरु भूमिगत हुँदा अर्थात पंचायती शासनको बेलामा नेपाल प्रहरीको सूचना संकलनदेखि शान्ति सुरक्षा अमन चयन गर्ने कार्यमा अति उत्कृष्ट रैछ भनेर प्रधानमन्त्री स्वयमले उच्च मूल्यांकन गरेका रैछन् भने पंचायतकालबाट प्रजातन्त्रकालमा प्रवेश गरेको नेपाल प्रहरीले पंचायती सासन भन्दा पनि अझ उत्कृष्ट कार्य गरेर देखाओस भनेर प्रजातान्त्रिक सरकारले कदम चाल्नु पर्नेमा त्यसो किन भएन र त्यो हुनुमा दोषी को छ भनेर सरकार प्रमुखले सोच्नु पर्ने हो कि हैन ?
तर, प्रजातन्त्र पुनस्र्थापना पश्चात नेपाल प्रहरीमा दिनानुदिन ठाडो हस्तक्षेप गरेर गरिमामय ईतिहास बोकेको नेपाल प्रहरीको अस्मितामा हमला गरेको प्रजातान्त्रिक काँग्रेसी सरकारले हो कि हैन ? जसको प्रत्यक्ष उदाहरण रातारात ३० बर्षे नियम लगाएर तत्कालिन प्रहरी महानिरीक्षक स्व.रत्न शम्सेर ज.ब.रालाई रातको १२ बजे अवकास पुर्जी बुझाएकै हो भने नियम संगत बढुवा भएका प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेललाई आÇनै मातहतको गठबन्धन सरकारले ३५ दिनमै प्रहरी संगठन बाहिरको विभागमा सरुवा गरेर नेपाल प्रहरीमा ठाडो हस्तक्षेप गरेकै हुन् ।
यस्ता अवैध क्रियाकलाप गर्दा देशको शान्तिसुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीको सम्पूर्ण दर्जागत प्रहरी कर्मचारीहरुको मनोबल गिर्छ भन्ने कुरा के सरकार प्रमुखलाई थाहा नभएको हो र ? थाहा हुँदाहुँदै पनि बुझ पचाएर यस्ता केटाकेटी प्रश्न गर्ने प्रधानमन्त्रीले देसको बिकास देखि सुशासनमा आमुल परिवर्तन गर्छन् भनेर जनताले के कसरी विश्वास गर्न सक्छन् ?
२०४६ सालपछिको पहिलो आम चुनावमा प्रजातन्त्रकोलागि लड्ने पार्टी भनेर जनताले अत्याधिक बहुमत दिएर देशको पहिलो प्रधानमन्त्री पनि स्व.गिरिजा प्रसाद कोईरालालाई नै बनाएको हैन ? तिनै कोईरालाले आÇनै बहुमतको सरकारलाई बिघटन गरेर मध्यावधि निर्वाचन पनि गराएकै हुन् र त्यसो गरेको बापतमा जनताले दिएको दण्ड र संजाय पनि पक्कै भुलेका थिएनन् होला तर थाहा हुँदाहुँदै पनि बुझ पचाएर प्रश्न सोध्ने देशको सरकार प्रमुख देख्दा त्यो बेला पंक्तिकार घोर आश्चर्यमा परेको थियो ।
अहिले पनि स्थिति त्यहि नै छ । कुनै फरक भएको छैन । हिजो नेपाली कांग्रेसको तर्फबाट दाज्यू कोईरालाको स्थानमा आज भाई कोइराला प्रधानमन्त्री छन् । छिमेकी हिन्दुस्तानमा जसरी गान्धी परिवारको सत्तामा बर्चस्व कायम राख्दै लामो सासन गर्ने ईतिहास रचेको थियो नेपालमा पनि ठ्याकै त्यस्तै छ अर्थात सक्कल बमोजिम नक्कल ।
जसरी हिन्दुस्थानमा कांग्रेसले सासन चलाउँदा जनताले बिकास, सुशासनको अनुभूति गर्न पाउदैन नेपालमा पनि शतप्रतिशत हुने र देखिने त्यस्तै हो भने किनभने नेपालको कांग्रेस पार्टी भनेको भारतीय कांग्रेसको शाखा कार्यालय जस्तै हो । स्थापनाकालदेखि नै भारतीय कांग्रेसको सम्पूर्ण नीति नियमको प्रतिलिपि अंगालेको नेपालको कांग्रेस पार्टीबाट बिकास र सुशासनको आस गर्नु भनेको “प्रेमीले प्रेमिकालाई तारा टिपेर दिन्छु” भने जस्तै हो भने न प्रेमीले तारा टिप्न सक्छ न नेपालको कांग्रेस पार्टीले देश र जनताको विकास गर्न सक्छ त्यसैले शान्ति सुरक्षाको मामिलामा नेपालको जेठा पार्टीले समेत “अब्बल” रैछ भनेर मान्न बाध्य भएको नेपालको माटो सुहाउँदो “पंचायती व्यवस्था” हटाउन कांग्रेस तथा कम्युनिस्टहरुको पार्टीको लहलहैमा लाग्दा देश र जनताले सुख पायो कि दुख : ? त्यो पनि बताउनु पर्ला र ?
प्रकाशित मितिः२०७१ पुस ३ गते बिहीवार