क्राइमचेक प्रतिनिधि/
वीरगंज/ भन्सार राजश्व छली गरी नेपाल भित्र्याइएका करिब साढे दुई लाख मूल्य बराबरको भारतीय कपडा वडा प्रहरी कार्यालय विर्ताले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ताले दिएको जानकारी अनुसार गत आइतवार वीरगंजको वडा नं. ९ बाट करिब दुई लाख मूल्य बराबरको तीन सय ९० थान कुर्ता सुरुवालको कपडा बरामद गरेको हो ।
त्यस्तै छपकैयाँबाट अन्दाजी ५० हजार मूल्य बराबरको विभिन्न तन्ना, प्रिन्ट कपडा, कटन पपलिङ, च्यादर, बच्चाको कपडा तथा दुई क्वीन्टल सुपारी समेत बरामद गरी आवश्यक कारवाहीकालागि मध्यमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजन प्रसाद मैनालीले जानकारी दिए । प्रकाशित मिति:२०७१ असार १२ गते बिहीवार
