समय प्रबन्धन र मानसिक तनावबारे प्रवचन कार्यक्रम

बीरगंज। तेरापन्थका आचार्यका महाश्रमण की बिदुषी शिष्या समणी कमल प्रज्ञाको सानीध्यामा “समय प्रबन्धन र मानसिक तनाव” बारे प्रवचन कार्यक्रम  सम्पन्न भयो।
बीरगंज उद्योग वाणिज्य संघले आफ्नै सभाकक्षमा आयोजना गरेको प्रवचन कार्यक्रममा सुमन प्रज्ञा जीले समय ब्यवस्थापन सम्बन्धी जानकारी दिनु भयो । उहाँले जो ब्यक्तिले समयको कदर गर्छ त्यही ब्यक्ति नै आफ्नो लक्ष्य प्र्राप्त गर्न सन्ने बताउनुभयो । बितेर गएको समय कहिले पनि फर्केर नआउने बताउँदै समयमै आफ्नो कार्य पुरा गर्ने सुझाव दिनुभयो । समयमा काम नगरेमा पछि पछ्ताएर केही नहुने जिकिर गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले यस्ता कार्यक्रमहरुको आयोजनाले समय प्रबन्धन र मानसिक तनाव सम्बन्धी बीरगंजवासीलाई आवश्यक रहेकोले यस्ता कार्यक्रमहरुको आयोजना एक स्थानमा मात्र नगरेर बिभिन्न
स्थानहरु गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो । बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोककुमार बैद्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक धिरज प्रताप सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका निर्देशक राजेन्द्र बहादुर जिसी, सशस्त्र प्रहरी सिमा सुरक्षा बल, चिनीमिलका प्रहरी नायब उपरीक्षक मोहन बहादुर क्षेत्री, उद्योगी ब्यापारी, समाजसेबी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वीउवासंघका महासचिव गोपाल केडियाले गर्नु भएको थियो ।


SHARE THIS

Author:

Facebook Comment