नेपाल सरकार र भूमीगतरुपमा सशस्त्र गतिविधी सञ्चालन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समूहबीच बिहीबार पाँच बुँदे सहमती भएको छ ।
होटल सुरजमा शान्ति मन्त्री रामकुमार श्रेष्ठको उपस्थितिमा भएको पहिलो चरणको वार्तामा सशस्त्र गतिविधी त्यागेर शान्तिपूर्ण राजनीतिमा सहभागी हुनका लागी मोर्चाले सहमती जनाएपछि पाँच बुँदे सहमती पत्रमा दुबै पक्षबाट हस्ताक्षर भएको हो ।
सहमती पत्रमा वार्ता अवधीभर मोर्चाको वार्ता टोलीका संयोजक र सदस्यलाई सरकारका तर्फबाट सुरक्षाको प्रत्याभूती गर्ने, मोर्चाको साथमा रहेको सम्पूर्ण हतियार सरकारलाई जिम्मा लगाउने, विभिन्न अभियोगमा रहेका मोर्चाका कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा सरकारले फिर्ता लिने र मोर्चाले अघि सारेका राजनीतिक मागहरुप्रति प्रचलित कानून बमोजिम सरकारले क्रमशः पुरा गर्ने उल्लेख छ । वार्तामा मोर्चाका वार्ता टोली संयोजक रोशन यादव भनिने आसमान यादव र सरकारका तर्फबाट शान्तिमन्त्री रामकुमार श्रेष्ठ सहभागी थिए ।