पाठक प्रतिक्रिया
बि.सं. २००७ सालको परिवर्तनबाट नेपालीले केहि राहत महशुस गरेतापनि २०४६ र २०६३ सालको परिवर्तनलाई नेपालीले भन्दा भारतले राम्रोसंग उपयोग गरिराखेको कुरा खुला किताब जस्तै छ। २०४६ र २०६३ सालको परिवर्तन भारतको चाहना अनुकुल हुनेगरि नेपालीको प्रयासबाट भएको थियो भनेर नेपालको राजनीतिक घटनाक्रम लाई नियालेर हेरेको जो कसैलेपनि सजिलै बुझ्नसक्दछ ।
२०६२/६३ सालको आन्दोलनपछी पुनर्स्थापित संसदले नेपालमा जन्मको आधारमा पनि नागरिकता दिनेभनि एक बिधेयक पास गरेको छ। कांग्रेस, एमाले र माओबादीलाई प्रयोग गरेर उक्त बिधेयकपास गराउन भारत सफल भएको थियो। यो नागरिकता बिधेयक खारेज नगर्ने हो भने हामी नेपालीहरु नेपाल भित्रै पनि अल्पमतमा पर्ने अवस्था आउनेछ। आज त हामीनेपालीले बुद्धको जन्मभूमि लुम्बिनी नेपाल हो भनौला तर जब हामी हाम्रै देश भित्र पनि अल्पमतमा पर्छौं अनि कसले यो सत्य कुरा बोलिदेला?
सन्तोष भुषाल
गैंडाकोट-५, नवलपरासी
प्रकाशित मिति: २०६९ चैत्र २२ गते