अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेतनामुलक र्याली

वीरगंज २५ फागुन, १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रजन्न स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साको आयोजना एवं कारीतास नेपालको सहयोगमा पर्साको विभिन्न गाविसहरुमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
 “लैङ्गिक समान्ताका लागि पाइला हराहरी, सन् २०३० सम्म हिस्सा बराबरी, संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं” भनने मुल नाराका साथ पर्साको गाविस सुवर्णपुर, निर्मलबस्ती, ठोरीमा जनचेतनामुलक ¥याली निकालेको छ । आयोजक संस्थाका कार्यक्रम प्रमुख दिपेन्द्र कुमार साहको नेतृत्वमा निस्केको ¥यालीले गाउँको विभिन्न परिक्रमा गर्दै महिला हिंसा सम्बन्धि जनचेतना जगाइएको थियो । ¥यालीमा आयोजक संस्थाका अवधेश कुमार राम, नरेश जैसवाल, सञ्चारकर्मी श्रवण साह, स्थानिय भद्रभलादमी, महिला, सर्वसाधारणको हजारौंको संख्यामा उपस्थिति रहेको थियो । गाविस सुवर्णपुरको १ देखि ९ सम्मका वडाहरुमा ¥याली निकालिएको थियो । जसमध्ये सबै भन्दा बढि सहभागीता भएको वडा नं. ७, वडा नं. ९ र वडा नं. १ लाई क्रमशः ८, ७ र ५ सयको दरले आयोजक संस्थाले नगद सहयोग समेत गरेको कार्यक्रम संयोजक दिपेन्द्र कुमार साहले जानकारी दिनु भयो ।
यसैगरी पर्साको ठोरीमा अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा महिला प्रजन्न स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।


SHARE THIS

Author:

Facebook Comment