वीरगंज, २० मंसिर
मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जको १२ औँ बार्षिकोत्सव कार्यक्रम अन्तरगत आज पहिलो दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पांच दिने कार्यक्रम अन्तरगत आज रेडियो परिसरमै आयोजित रक्तदान कार्यक्रममा १६ महिला १ जना दृष्टिविहिन सहित १ सय १७ जनाले रक्तदान गरेका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराले रक्तदान गरी शुभारम्भ गर्नु भएको कार्यक्रममा रक्तसन्चार केन्द्र वीरगंजका प्रमुख प्रविण मानन्धरको टोलीले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा अनुप तिवारी, राम प्रवेश चौधरी, राजेश चौधरी, शिवशंकर मिश्रा, अर्जुन पंडित, आजाद हुसेन, रामजिप्रसाद साह, प्रदिप चौरसिया, अर्जुन साह, मनोजकुमार साह, कल्पना ढकाल, जितेन्द्र साह, अमन लामा, अयुष्का श्रेष्ठ, शोभा शेर्पा, विनिता महर्जन,सृजना श्रेष्ठ, सुजनी श्रेष्ठ, आकृति गुरुङ्ग, रोयसिका बुढाथोकी, नमिता तिमिल्सीना, मनिषा महत लगायत १ जना दृष्टिविहिन सुरेन्द्र चौधरीले रक्तदान गर्नु भएको छ । रक्तदान कार्यक्रममा फलफुल तथा तरकारी ब्यवसायी संघ, मनिचेन्जर ब्यवसायी संघ, आयशर ट्रैक्टर, किराना ब्यवसायी संघ, बायोब्युटी लगायतका संस्थाले सहयोग गरेका थिए । त्यसैगरी सशस्त्र प्रहरी सिमा सुरक्षा बलका सशस्त्र प्रहरी उपरिक्षक भिम बहादुर थापा, वीरगज युवा समाजका कमल चौगाई, श्रोता क्लवका कुर्वान हवारी, नेपाल भारत मैत्री श्रोता क्लवका हरेन्द्र यादव, दिलिप कार्की लगायत विरगंज नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरुले समेत विशेष विशेष सहयोग पुर्याएका थिए ।
यसैविच रेडियोको बार्षिक उत्सवको अवसरमा भोली श्रष्टा सम्मान तथा श्रोता भेटघाट एवं सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ । भोजपुरी साहित्यमा योगदान पु¥याएका एक जना श्रष्ठालाई सम्मान गरिनुका साथै सोहि दिन रेडियो वीरगंजको विभिन्न कार्यक्रममा बर्ष भरि सहभागिता जनाउने श्रोताहरु मध्ये दुई जनालाई पनि सम्मानित गरिने कार्यक्रम रहेकोछ । यस्तै पर्सी २२ गते बाराको कलैयामा रहेको अमृता अनाथ आश्रमका बालबालिकालाई जाडोको लुगा तथा खाद्यान्न सहयोग गर्ने , २३ गते बारा र पर्सामा घरदैलोमै पुगेर श्रोताहरुको भावना बुझ्ने तथा २७ गते अन्तिम दिन बृहत सास्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम रहेको छ । बार्षिक उत्सवको साता व्यापी कार्यक्रम अन्तरगत अन्तिम दिन वीरगंजको माइस्थान मन्दिर अगाडि मध्यान्ह १२ बजे देखि शुरु हुने खुला बृहत सास्कृतिक कार्यक्रममा नेपालका चर्चित गायक, गायीका तथा हास्यकलाकारहरुले आआफ्नो प्रस्तुति दिने छन् । कार्यक्रममा ईन्दिरा जोशी, कोमल ओली, कमल खत्री, हेमन्त शर्मा, सन्जु अमात्य, स्थानिय कलाकारहरु सुनिल पण्डीत, लगायतले पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ ।