भारतीय कपडा सहित ट्रक नियन्त्रणमा

क्राइमचेक प्रतिनिधि/
वीरगंज/भन्सार प्रज्ञापन पत्र भन्दा बढी परिणाममा अवैध रुपमा राजस्व छलि भित्र्याइएको भारतीय कपडा बोकेको एक मालबाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
भंसार जाँच पास भई आएको ना २ ख ६६२८ नं. ट्रकमा करीब २० लाख भन्दा बढीको विभिन्न भारतीय कपडा लुकाई छिपाई ल्याई रहेको सुराकी आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले रजत जयन्ती चोक नजिकैबाट ट्रक नियन्त्रणमा लिई चेकजांच गर्ने क्रममा प्रज्ञापन पत्र भन्दा झन्डै २० लाख बढीको कपडा भेटिएको  प्रहरीले जनाएको छ ।
अबैध कपडा सहित पक्राउ परेको ट्रक सहित चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाईएको पर्सा प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment