क्राइमचेक प्रतिनिधि/
वीरगंज/प्रहरीले मुस्कान सहितको सेवा प्रदान गर्ने घोषणा गरेको भए पनि यता जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी हवल्दारले नगरपालिकाका एक कर्मचारीलाई मंगलबार कुटपिट गरी घाइते बनाएका छन् ।
प्रहरी हवल्दार नरबहादुर थापाले निर्घात कुटपीटगर्दा वीरगंज उपमहानगरपालिकाका कर्मचारी बिजय कुमार कानु घाइते भएका हुन । घडीअर्वा पोखरीको दक्षिण तर्फ रहेको ब्रहमस्थान मंदीर अगाडी हिजो साझ डिउटीमा खटेका हवल्दार नरबहादुर थापाले वीरगन्ज उपमहानगरपालिका १ निवासी ३५ वर्षिय बिजयकुमार कानुलाई कुटपीटगरि घाइते बनाएका हुन । ३५ किलो युरिया मल साइकलमा राखी गाविस मुसहरीमा रहेको आफ्न्तको घरतर्फ जादै गरेको अवस्थामा चेक जांचका लागि हवल्दारले रोकेर कुटपीट गरेको घाइते कानुले बताएका छन् । हवलदार थापाको कुटाईबाट कानुको कानको जाली फुटेको चिकित्सकहरुले बताएका छन् । घाइते कानुको नारायणी उपक्षेत्रिय अस्पतालमा चेकजांच गराउदा चिकित्सकले अब कानुले बाया तर्फको सुन्न नसक्ने बताएको पिडितले जनाएका छन् । दोषीमाथी कार्यवाहीको मांग गर्दै घाइते कानुले बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउनु भएको छ ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार
वीरगंज/प्रहरीले मुस्कान सहितको सेवा प्रदान गर्ने घोषणा गरेको भए पनि यता जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी हवल्दारले नगरपालिकाका एक कर्मचारीलाई मंगलबार कुटपिट गरी घाइते बनाएका छन् ।प्रहरी हवल्दार नरबहादुर थापाले निर्घात कुटपीटगर्दा वीरगंज उपमहानगरपालिकाका कर्मचारी बिजय कुमार कानु घाइते भएका हुन । घडीअर्वा पोखरीको दक्षिण तर्फ रहेको ब्रहमस्थान मंदीर अगाडी हिजो साझ डिउटीमा खटेका हवल्दार नरबहादुर थापाले वीरगन्ज उपमहानगरपालिका १ निवासी ३५ वर्षिय बिजयकुमार कानुलाई कुटपीटगरि घाइते बनाएका हुन । ३५ किलो युरिया मल साइकलमा राखी गाविस मुसहरीमा रहेको आफ्न्तको घरतर्फ जादै गरेको अवस्थामा चेक जांचका लागि हवल्दारले रोकेर कुटपीट गरेको घाइते कानुले बताएका छन् । हवलदार थापाको कुटाईबाट कानुको कानको जाली फुटेको चिकित्सकहरुले बताएका छन् । घाइते कानुको नारायणी उपक्षेत्रिय अस्पतालमा चेकजांच गराउदा चिकित्सकले अब कानुले बाया तर्फको सुन्न नसक्ने बताएको पिडितले जनाएका छन् । दोषीमाथी कार्यवाहीको मांग गर्दै घाइते कानुले बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउनु भएको छ ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार