“अस्पतालको विकासमा कर्मचारी युनियन बाधक”

क्राइमचेक प्रतिनिधि/
वीरगंज/नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामाशंकर ठाकुरले कर्मचारी युनियनको अनावश्यक हस्तक्षेपका कारण अस्पताल विकासमा अवरोध सृजना भएको बताउनु भएको छ ।
बुधबार विहान अस्प्ताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा मेडिकल सुपरिटेन्डेन्ट ठाकुरले अस्पताल विकास युनियन कर्मचारी समितिले नारायणी उप क्षेत्रीय अस्तपालमा भर्ना हुने विरामीको उपचार तथा अस्पताललाई सुदृढ पार्न खोज्दा अवरोध सृजना गर्ने गरेको आरोप लगाउनु भयो । उहाले अस्पतालमा कार्यरत युनियनका कर्मचारीहरु समयमा नआउने, कार्यालय समयमा आफना निजि पसल तथा क्लिनिक संञ्चालन गर्ने, रातीको समयमा हाजिरी बनाएर कोठामा सुत्ने जस्ता कार्यहरु गर्दै आएको भएपनि उनिहरु माथि कारवाही गर्न आफूले नसकेको बताउनु भयो ।
कर्मचारीको कारणले अस्पताललाई सुधार्न गर्न नसकिएको गुनासो गर्दै ठाकुरले हालै प्रारम्भ गरिएको मृगौला पिडितहरुका लागि गरिने डाईलोसिस सेवा समेत कर्मचारीकै असहयोगका कारण प्रभावित हुन लागेको खुलासा गर्नु भयो । यता कर्मचारी युनियनका उपाध्यक्ष सिकेन्द्र प्रसाद जैसवालले मेडिकल सुपरिडेन्डेन्ट ठाकुरले अस्पतालमा खटिदै आएकालाई कर्मचारीलाई प्राथमिकता नदिई बिना बिज्ञापन आफना नजिकका व्यक्तिलाई नियुक्ती गरेकोमा यसको बिरोध मात्र आफुहरुले गरेको बताउनुभयो ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment