संसार भरिनै शान्तिको पर्यायवाची शब्द उच्चारण गर्नुपर्दा बुद्धको नाम उच्चारण गरिन्छ । त्यसको कारण छ । युवराज सिद्धार्थको मानसिक विरक्ति र उनको महाभिनिस्क्रमण । राजा सुद्धोधनका छोरा सिद्धार्थ कस्ता राजा हुने थिए यो कल्पनाकै गर्भमा तुहेको अवस्था छ । तथापी राजगाथ श्रीमती योसोधरा र बाल छोरा राहुल त्यागेर सिद्धार्थ जे को खोजीमा गए त्यो प्राप्त गरि घरै फर्के । आÇनी श्रीमती र छोरा भेट्न । यसोधराले पनि बुद्धत्व प्राप्त गरिसकेको अवस्था थियो । त्यसैले उनीहरुको मानवीय सम्वेदशीलता भन्दा माथि दुबैजना पुगिसकेकाले डाँको छोडी रुवाबासी गर्ने अंगालो हाल्ने प्रक्रिया भएन । दुवैमा गहिरो समझदारी देखियो । श्रीमतीको इच्छा अÇना श्रीमान भन्दा पहिले प्राण त्याग्ने पनि पूरा भयो र महिलाका लागि घरै बसेर पनि गहन तपस्या गर्दा बुद्धत्व प्राप्त हुन्छ भन्ने पनि सफल परिक्षण भयो ।
महिलाका आनि गुम्बा उदाहरण हुन् । सिद्धार्थ र यसोधरा दुबैले आ–आÇनै तपस्याबाट बुद्धत्व प्राप्त गरेका भएपनि श्रीमतीको नाम खास प्रचार प्रसार भएन । किनकि त्यतिबेला यानी २५५७ वर्ष अगाडी पुरुषकै मात्र हैकम चल्ने समयमा यसोधराको बुद्धत्वबारे प्रचार भएन भनि म गुनासो पनि गर्दिन । दु :ख छ, दु :खको कारण छ र दु :ख हटाउने उपाय छ । सुन्दा सामान्य लागेपनि सिद्धार्थका समर्थकले बुझे यिनले बुद्धत्व प्राप्त गरेछन् र उनीहरुको सिद्धार्थलाई बुद्ध बनाए । उनका गहन भनाईहरुलाई प्रचारमा ल्याए । मलाई गर्ब लग्दछ एउटा नेपाली युवराज कस्तो महान तत्वको खोजीमा श्रीमती, छोरा र राजपाठ त्यागी दरवार बाहिर निस्केछन् । त उनले प्रतिपदान गरेका आदर्शलाई आज संसार भर शान्तिको नाम बुद्ध भनी पहिलो चरण मै सम्झने गरिन्छ ।
सन् २००६ देखि आजसम्म मैले धेरै अध्ययन र विश्लेष्ण गरें र रमिते पनि भएर हेरें, नेपालको स्थानिय, क्षेत्रीय र राष्ट्रिय राजनीतिक आर्थिक, सामजिक, संस्कृतिक, धार्मिक तथा भाषिक अवस्था । कुनै राजनीतिक दलको एकजना व्यक्तिले पनि नेपालका समसामयिक अवस्थाबारे भन्न समस्यामूलक टिप्पणी तेस्र्याउने बाहेक समस्याको निराकरण कसरी गर्ने भनेर भाषणसम्म पनि गर्ने गरेको सुनेकी छैन । यी नवसत्ताधारीहरुको केवल सत्तालिप्सा रहेछ भनि मैले बकिरहनु पर्दैन । जनताले मनन गरी बोल्न थालेका छन् । मलाई नेता भन्ने अर्थपूर्ण शब्द यी सत्तालिप्त माथि खर्चगर्न मन छैन् । नेपालका नेता भनिन् सुहाउने व्यक्तिमा पहिलो नाम विशेश्वर प्रसाद कोइरालाकै आउँछ र उहाँका सहयोगी गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र सुवर्ण शम्सेर राणा पनि नेता नै थिए ।
बाम तर्फबाट एउटैमात्र नेता थिए मनमोहन अधिकारी । बीपीको त्याग र धर्म जाँच्ने कसी हुन आठ बर्षको जेल भोगाइ, आठ बर्षको निर्कस र प्रजातन्त्र पुन : स्थापनामा निरन्तरता । यतिबेला म के निस्कर्षमा पुगेकी छु भने वर्तमान नेपालका त्याग र धैर्यका अर्को नाम राजा ज्ञानेन्द्रकै रहेछ । २५५ वर्ष अघि आÇना पुर्खाले एकीकृत गरेको यत्रो राज्य र त्यस राज्यको केन्द्र दरवार, राजा र उहाँका परिवारको आधिकारिक निवासलाई जनताले छोडिदिनु भन्नेबित्तिकै छोडेर बाहिरिन कसरी सकेको ? राजदरवार त्याग, श्रीपेच त्याग यो कस्तो त्याग हो ? यो भन्दा ठुलो त्याग के हुन्छ ? त्याग पछिको धैर्य झ् यो सात बर्षभित्र राजा ज्ञानेन्द्रले दिएका अभिव्यक्तिको विश्लेशण गर्नुपर्यो र राजा वीरेन्द्रको वंशनास पछी श्री ५ ज्ञानेन्द्र राजगद्दीको उत्तराधिकारी भइ राजा भएदेखिका राजनीतिक अवस्था र राजाले बेलाबखत दिएका अभिव्यक्तिको लेखाजोखा गर्नुपर्यो ।
राजाका अभिव्यक्ति र सबैखाले तथाकथिक नेताको हुंकार तुलनायोग्य नभएपनि गरिहेरौं र आत्म मनन गरौँ, नेपालको सहि नेता को को हुन् थाहा लाग्छ । १४९ दलका १४९ नेता कि एक सर्बमान्य नेता राजा नेता हुन सुहाउँछ बहसै गरौँ न त । राजा ज्ञानेन्द्रको धैर्य बुद्धको शान्ति जस्तो हो भने राजनीतिक नेताको धैर्यता शून्य हुनाले अशान्त छन् । न्वारन देखिको बल निकाली एक अर्कामा हिलो छयाप्ने गर्छन् । तँलाई पछारिन भने म फलानोको छोरो होइन, नाती होइन भनि हुंकार गर्छन् । हे भगवान यस्ता मैमत्ता सत्तालुब्धालाई कसैले कज्याउन सक्दैन ? एउटै व्यक्तित्वले मात्र यिनीहरुलाई निस्तेज गर्न सक्छ । त्यो हो यमराज । तैपनि म कसैको असामयिक मृत्यु होस् भन्ने चाहन्न ।
म यति कडा हुन किन सक्छु भने नेपालको प्रजातन्त्रिक आन्दोलमा मेरो पनि किशोर अवस्था र जवानीको त्याग छ । मेरो सानो त्यागका कारण यति विस्लेशन गर्ने अधिकार म राख्दछु । टाढाका विदेशी, नजिकका छिमेकी र पश्चिमा धर्मान्धहरु सबै मिलेर हाम्रा नेपाली भनाउँदा दलका व्यक्तिलाई गोटी बनाए । यिनीहरुले थाहा पाउँदा दिल्ली दरवार मार्फत सबै लेखापढी सकी यिनीहरुले ल्याप्चे थिच्न बाध्य भइसकेका थिए ।
यी तथ्य धमाधम अहिले प्रकाशमा आइरहेका छन् । आÇना देशका राजनीतिक नेता भनाउदाहरु मतिभ्रष्ट भई कुबाटो तिर डोरिएको हेर्न सक्नु राजाको धैर्यताको पराकाष्टा हो । राजालाई लागेको होला एकदिन यिनीहरु ब्युझनेछन्, झस्कने छन् । साँच्चै निदाएको मान्छे ब्युझन्छ, झस्कन्छ । तर निदाएजस्तो मात्र गर्ने त न ब्युझन्छ न झस्कन्छ । यो अवस्थाको फाइदा पनि धैर्यताका कारणले राजा ज्ञानेन्द्रले पाएको देख्दछु म ।
म पंचायती राजावादी होइन जसले राजाको निरंकुश छबी बनाई आफुहरुले ब्रम्हलुट गरे । राजाका नामबाट थापा सरकारले मलाई पनि आजीवन जेल वा मेरा धनकुटे सहिद दाई भिनारायण श्रेष्ठ जस्तो बनाउन षड्यन्त्र गर्दा मेरा पिताजीको राजा वीरेन्द्रलाई बिन्ति पत्र र एक अभिन्न मित्रको प्रयास बाट म २०३९ साल बैसाख १ गते छुटेदेखी म स्वविवेकले राजावादी भएकी हुँ । त्यसमा पनि मेरा नेता बिपी कोइरालाले मलाई संवैधानिक राजतन्त्रमाथि आस्था राख्ने बनाउनुभयो ।
अर्का मेरा नेता कृष्ण प्रसाद भट्टराईले प्राण त्याग गर्नु अघिसम्म पनि भनिरहनु भयो, संविधानले बाँधेको राजतन्त्र र बहुदलीय प्रजातन्त्र नै नेपालको लागि उत्तम व्यवस्था हो । कमरेड मनमोहन अधिकारी प्रधानमन्त्री भएकाबेला व्यक्तिगत कुराकानीका बेला भन्नुभएको थियो, ‘कम्युनिष्ट को अन्तराष्ट्रिय सिद्धान्त भन्दा मलाई मेरो देशको समय सापेक्ष राजनीतिक सिद्धान्त ठुलो लाग्छ । यी मैले राजनीतिक रुपमा पछ्याएका नेतालाई स्मरण गर्दै र आÇनो देश झन् झन् जोखिममा परेको देखेर म झन् राजतन्त्रवादी भएकी छु । यतिबेला प्राय नेपाली छिमेकी र अन्तराष्ट्रिय जगतले पनि मनन गरिसकेका छन्, नेपालको खाँटी राष्ट्रवादी व्यक्तित्व त राजतन्त्र नै रहेछ ।
त्यस संस्थाका तबिदार राजा ज्ञानेन्द्रको त्याग र धैर्यको यिनीहरु छलफल गर्न लागेको सुनिन्छ । राजाको धैर्यताको ठूलो मूल्य छ । त्यो नेपालको राष्ट्रियता, एकता र अक्षुणतामा लगानी । आइन्दा कुनै दल विषेश, वर्ग विषेश वा यक्ति विशेषले मात्र राजालाई एकलौटी दाबी गरि पंचायती राजा जस्तो छबी नबनाइयोस भनि म सबैमा आग्रह गर्दछु । राजतन्त्रलाई राजनीति देखि माथि विवादरहित बनाउने हामी नेपालीकै हातमा छ । विदेशी र छिमेकीले फुटाउन खोजेपनि हामी नेपाली एकजुट भएमा कसैले हामीलाई टुक्रयाउन सक्दैन । चोइटिएर जानेलाई भन्नु केहि छैन । हामी सबै नेपाली राष्ट्रिय साझा सवालमा एकढिक्का हुनुपर्ने समयको माग छ ।
राजा ज्ञानेन्द्रका धैर्य र त्यागलाई आत्मसात गरौँ । आÇना निजि अहंकारहरूलाई हामी त्यागौं र नेपालको समग्र विकाशमा सबैले होस्टेमा हैंसे थपौं । हाम्रो सुन्दर नेपाल संसारकै नमुना शान्ति राष्ट्र बन्न सक्दछ ।
(लेखक पूर्वमन्त्री एवं कांग्रेस नेतृ हुनुहुन्छ) साभार: रुपरेखाबाट
