क्राइमचेक प्रतिनिधि/वीरगंज/बिगत केहि समय यता देखि मध्य तराईका जिल्लाहरुमा सर्प दंसको घटना वढ्ढै जादा पर्सामा सर्पदंसका कारण बुधबार फेरि १ जनाको ज्यान गएको छ ।
पर्साको सुपौली गाविस(४ मा बुधबार बिहान विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा योगेन्द्र रामको १२ वर्षीया छोरी गीता कुमारी रहेको स्थानीय अजय चौधरीले जानकारी दिनुभयो । गीतालाई बिहान ८ बजे घरमा सर्पले टोकेको थियो । उनको उपचारका लागि नारायणी अस्पताल वीरगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको चौधरीले जानकारी दिनुभयो । मध्य तराईका वारा, पर्सा रौतहट जिल्लामा विगत केहि समय यता सर्पदंशका कारण १२ जना भन्दा बढीको ज्यान गएको छ ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार