आर.सि.एनबाट
वीरगंंज २३ गते श्रावण । आर.एम.केडिया आँखा अस्पतालमा बिगत २०१० जुलाई देखि संचालित रहेको बाल नेत्र बिभागलाई सहयोग गर्दै आएको अरबिस इन्टरनेशनल हङ्गकङ्ग कार्यालयबाट स्टुडेण्ट एम्बेस्टरहरुको टोली नेपालको बारा जिल्लामा रहेको तिन गा.बि.स.तथा एक बिधालयको भ्रमण गरी फर्केको कुरा आज अस्पताल प्रशासक प्रकाश बर्माले संचारकर्मीलाई बताएका छन ।
उक्त टोली भ्रमणको प्रमुख उधेश्य केडिया आँखा अस्पतालले बाल बालिकालाई प्रदान गरिने सेवाको प्रभावकारिताको अध्यन तथा अनुगमन गर्ने हेतु आएको कुरा नेपाल अरबिस कार्यक्रमका कार्यक्रम प्रमुख रबी किरण अधिकारीले बताउनु भयो ।
भ्रमणको क्रममा बारा जिल्लाको बेजनाथपुरका स्थानिय बालिका रिमा कुमारी र बालक रुपेश कुमार, दोहरी गा.बि.स.का बालक संजय कुमार साहलाई भेटघाट गर्नुको साथै निजहरुको आँखाको अवस्था बारे जानकारी समेत लिएका थिए ।
साथै आर.एम.केडिया आँखा अस्पतालले डुमरवाना गा.बि.स.स्थित रहेको राष्ट्रिय बिभुति सामुदायिक बिधालयमा अध्यनरत बालबालिकाहरुको आँखा परिक्षण कार्यक्रममा समेत उक्त स्टुडेण्ट एम्बेस्टरहरुको टोली सहभागी भई बालबालिकाहरुको हौसल्लाह प्रदान गरीनुको साथै नेपाली बालबालिका सँग कबडी तथा फुटबल खेल खेली मनोरजन गरेका थिए ।
सो स्टुडेण्ट एम्बेस्टरहरुको टोलीको प्रमुखमा हङ्गकङ्गका चर्चित केरन पेङ्ग रहेकी थिइन । भने अरबिस हङ्गकङ्गका थियो डोरा र सिन्डी लियोङ्ग, स्टुडेण्ट, क्लेरिस केन, टेरेसा ह्युङ्ग, एन्जला हो, केरन टोङ्ग, चिचि, सैन, लि क्रिष्टी, एभी चेङ्ग, सेलिया लेन र इण्डिया अरबिसका लावन्या समेत टोलीमा रहनु भएको थियो ।