क्राइमचेक प्रतिनिधि/
वीरगंज/गर्मी छल्नका लागि पिउने चिसो पेय पदार्थमा व्यापारीहरुले आम उपभोक्ताहरुलाई ठगि गर्ने क्रम वारा, पर्सा लगायतका जिल्लाहरुमा बढेर गएको छ ।
वर्षायामको समय भएपनि पानी नपरेकाले तराई क्षेत्रमा अहिले प्रचण्ड गर्मी कायमै छ । गर्मी छल्नका लागि आम सर्वसाधारणहरुले बिभिन्न व्राण्डका चिसो पेय पदार्थ खरिद गरि पिउने गर्दछन् । सर्वसाधारणले गर्मी याममा रुचाउने चिसो पेय पदार्थमा भने व्यापारीहरुले उपभोक्ताहरु ठग्दै आएको गुनासो वढ्न थालेको छ ।
उपभोगक्ताहरुले वीरगंज, कलैया, परवानीपुर, प्रसौनी लगायतका ठाउँहरुमा रहेका कोल्ड स्टोर, किराना पसल, पान पसलहरुबाट चिसो पेय पदार्थ खरिद गर्दा ठगिदै आएका हुन । उपभोगक्ताहरुले पसलबाट २ सय ५० एम.एल. को कोक, फेन्टा, स्प्राईट, पेप्सीको मुल्य २५ रुपैया भए पनि उपभोक्ताहरुले ३० देखि ३५ रुपैया सम्म उपभोक्ताहरुसंग असुल्दै आएका छन् । सम्बन्धित निकाय तथा स्थानिय प्रहरी, प्रशासनले बजार अनुगमन तथा निरीक्षण नगरेको कारण उपभोक्ताहरु ठगिदै आएको बताईएको छ ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार