क्राइमचेक प्रतिनिधि/
वीरगंज/बारा खुटवाजब्दीका किशोरीहरुले बाल विवाह नगर्ने सामूहिक प्रतिवद्धता जाहेर गरेका छन् ।
महिला तथा बाल बालिका कार्यालय वाराको आयोजनामा बुधबार सम्पन्न किशोरी लक्षित कार्यक्रम किशोरीमा खुटवाजब्दीका सहभागि १३ देखि १९ बर्ष सम्मका ७५ जना किशोरीहरुले बाल विवाह नगर्ने सामुहिक प्रतिवद्धता व्यक्त गरेका हुन । खुटवाजब्दी वडा नं. ६ की १९ बर्षिय सबनम आरा खातुन लगायतका किशोरीहरुले कार्यक्रममा बाल विवाह गर्दा उत्पन्न हुने जोखीमको बारेमा आफूहरु सचेत भएको हुंदा सामुहिक रुपमा प्रतिवद्धता व्यक्त गरेको बताईन । महिला विकास कार्यालयका निमित्त प्रमुख रेखा चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाल अधिकृत सुदेश प्रसद यादव, तेज प्रसाद साह लगायतकाले बाल विवाह रोक्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।