युवकद्वारा श्रीमति र छोरामाथि खुकुरी प्रहार

क्राइमचेक प्रतिनिधि/
बारा/बारा प्रसौनाका एक युवकले आफ्नै श्रीमति र नाबालक छोरा माथी खुकुरी प्रहार गर्दा उनीहरु गम्भीर घाईते भएकाछन् ।
मानसिक संतुलन बिग्रीएका प्रसौना वडा नं. ९ बस्ने ३० बर्षय नरेश महतोले मंगलबार साँझ आफ्नै श्रीमति २५ बर्षिया रम्भा देवी र १ बर्षका नाबालक छोरा अमित कुमार माथी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट रम्भाको शरिरका बिभिन्न भागमा चोट लाग्नुका साथै दाहिने हात काटिएको र घाईतेहरुको उपचार बीरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भई रहेको छ । श्रीमति र छोरा माथि खुकुरी प्रहार गर्ने नरेश महतोलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रामनाथ घिमिरेले जानकारी दिनुभयो ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment