वीरगन्ज,
साउन /
वीरगन्ज उप–महानगरपालिका वडा नं. १६ का सचिव तथा पर्सा जिल्ला रामगढवा गाविस वडा नं. ६ बस्ने मदन पटेलले आफ्नी २१ वर्षीय छोरी अनिता कुमारी पटेललाई ससुरा पक्षले दाइजोको कारण हत्या गरेको आरोप लगाएका छन् । सचिव पटेलले मधेशी पत्रकार समाज पर्साको व्यानरमा पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएका छन् ।
उनले आफ्ना छोरी अनिताको २०६७ साल असार २५ गते पर्सा जिल्ला वीरगन्ज उप महानगरपालिका वडा नं. १७ सानो पिपरा निवासी पन्नालाल पटेलको छोरा अमित कुमार पटेलसंग परम्परागत रितिरिवाज अनुसार विवाह सम्पन्न भएको थियो । विवाह भएको ४ वर्ष पनि वित्न नपाउंदा छोरीको श्रीमान् लगायत ससुरो, सासु, देवर मिली २०७१ साउन ११ गते विहान १०:३० बजेको समयमा कुटपिट गरि घांटी थिचि हत्या गरेको पीडित बुवा मदन पटेलले पत्रकार सम्मेलनमा बताउनुभयो । पीडित बुवा मदन पटेलले विवाहको बेला केटापक्षले माग गरेको जति करिब ७ लाख दाइजो दिइसकेको अवस्थामा विवाह भएको केही दिन वित्न नपाउंदै आफ्नो छोरी अनितालाई माइती पक्षले व्यापार गर्नको लागि थप ३ लाख रुपैया र मोटरसाइकल दाइजो तथा जागिर लगाइदिने भनि दिन प्रतिदिन मानसिक तथा शारिरिक यातना दिदै आएका थिए ।
विगत १ वर्ष अगाडि कुटपिटकै कारण आफ्नो छोरी गम्भिर घाइते भई रक्सौल स्थित डंकन अस्पतालमा उपचारको लागि ससुरो पक्षले भर्ना समेत गरेको थियो । मृतक अनिता पटेलको १३ महिनाको छोरा समेत रहेको छ भने छोरालाई ससुरो पक्षले लुकाई राखेको र बच्चाको विषयमा कुनै जानकारी नदिएको आरोप लगाउंदै पीडित बुवा मदन पटेलले छोरीको हत्या गरिए पश्चात पोष्टमार्टमको लागि डा. रणवीर सिंहकहां लग्दा डा. सिंहले केटापक्षसंग रकमी चलखेल गरि मृतत अनिता कुमारी पटेलको कुटपिट गरि हत्या नगरिएको र मृतकले आत्म हत्या गरेको भनि रिपोर्ट बनाएका छन् ।
जब मृतक अनिताले आफै आत्म हत्या गरेको भए अनुहारमा केही चोटपटक नहुनुपर्नेमा मृतक अनिताको अनुहार भरि चोट पटक लाग्नुको साथै घांटीमा हातले थिचि हत्या गरिएको निशान समेत रहेको छ । सो पश्चात न्यायको लागि पीडित बुवा मदन पटेलले २०७१ साउन १२ गते आफ्नो छोरीको हत्या गरिएको भनि जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता गराएपनि प्रहरी प्रशासनले खासै चासो नदेखाएको आरोप लगाएका छन् । पीडित बुवा मदन ठाकुरले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीको आधारमा पर्सा प्रहरीले ससुरा पन्नालाल प्रसाद कुर्मी, श्रीमान् अमित कुमार पटेल, देवर प्रदीप कुमार पटेललाई आफ्नो नियन्त्रणमा लिएको छ भने सासु भागमनि देवी कुर्मी फरार रहेको पत्रकार सम्मेलनमा बताए । पीडित मदन पटेलले पक्राउ परेका आरोपीको साथसाथै झुठो रिपोर्ट बनाउने डा. रणवीर सिंहलाई समेत कारवाहीको माग गरेका छन् । मधेशी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा मृतक अनिता पौडेलकी आमा सुर्यवन्ती देवी, भाई रन्जित कुमार पटेल, भिनाजु सुरेश प्रसाद पटेल लगायत मानवअधिकारकर्मी परमानन्द चौधरी, स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
साउन /वीरगन्ज उप–महानगरपालिका वडा नं. १६ का सचिव तथा पर्सा जिल्ला रामगढवा गाविस वडा नं. ६ बस्ने मदन पटेलले आफ्नी २१ वर्षीय छोरी अनिता कुमारी पटेललाई ससुरा पक्षले दाइजोको कारण हत्या गरेको आरोप लगाएका छन् । सचिव पटेलले मधेशी पत्रकार समाज पर्साको व्यानरमा पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएका छन् ।