१७ किलो चाँदी सहित एक पक्राउ

क्राइमचेक प्रतिनिधि/
बारा/बारा प्रहरीले १७ किलोचाँदी सहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भलुही भरवलिया ६ का सोनालाल दास रहेको जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
बुधबार बिहान १० बजे तिर अबैध रुपमा भारत तर्फबाट भन्सार छली नेपाल ल्याई रहेका अवस्थामा बिशेष सुराकीका आधारमा मोतीसर ७ बाट साईकल सहित दासलाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी निरीक्षक  रामनाथ घिमिरेले जानकारी दिनुभयो ।
पक्राउ परेको चाँदीको बजार मूल्य १२ लाख ३४ हजार रुपैया पर्ने प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो । पक्राउ परेको दासलाई  चादीँ सहित आवश्यक कानुनी कारबाहिका लागि राजश्व अनुशन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यलय पथलैया बारा चलान गरिएको प्रहरी  निरीक्षक घिमिरेले बताउनु भयो ।
प्रकाशित मितिः२०७१ साउन २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment