सलमान खान
वीरगंज/वीरगंजस्थित नारायणी यातायात व्यवस्था कार्यालयले गत चैत्रमा एकजना मरेको व्यक्तिको नाममा सवारीचालक अनुमति पत्र जारी गरेको समाचार बाहिर आएपछि यातायात व्यवस्था विभागले रोक लगाएको सवारीचालक अनुमतिपत्र वितरण कार्य हालसम्म सुचारु नभएपछि यस क्षेत्रका हजारौं सवारी चालकहरू अन्यौलमा परेका छन् । “मृतकलाई लाइसेन्स” प्रकरणपश्चात रोक लगाइएको सवारी चालक अनुमतिपत्र वितरण कार्यकोलागि आवेदन दर्ता श्रावण २ गते खुल्ने भएपनि विभागले पुन: रोक लगाएपछि दुई गते अर्थात बुधवार पनि दर्ता गरिएन ।
पैसाको लोभमा परी के रतन्धो ? रंग छुटयाउने नसक्ने, लङ्गडो, डुढे, मगज बिग्रेको,
देश छोडी विदेशमा बसेको यहाँ सम्म कि मृतक मान्छेलाई समेत अनुमतिपत्र दिने कार्य नारायाण्ी यातायात कार्यालय वीरगंजले गर्दै आएको थुपै घटनाहरु प्रकाशमा आईसकेका छन् । एकातिर यस्तो विषम परिस्थिति छ भने पैसा नभएका राम्ररी सवारी साधन चलाउन सकने दक्ष व्यक्तिहरु सवारी चालक अनुमतिपत्र लिनबाट बंञ्चित भईरहेको अवस्था छ ।
विभागले चालक अनुमति पत्र रोकेर यसको समस्या सामाधन हुन्छ त ? गलत तरिकाबाट सवारी चालक अनुमति पत्र वितरण गर्नेहरूलाई कार्यवाही गरेर त्यस्ता गतिविधि गर्नेलाई बाटोमा ल्याउने र सवारी चालक अनुमतीपत्र लिन दक्ष र योग्य व्यक्तिलाई सहज र सुलभ तरीकाले उपलब्ध गराउने अभिभारा सम्बन्धित निकायले बहन गर्न सक्ने क्षमता राख्दैन ?
कर्मचारीले क्षणिक लोभ र स्वार्थमा परी पदीय दायित्व विपरित अनाधिकृत व्यक्तिहरूलाई सवारी चालक अनुमति पत्र वितरण गर्दा रंगेहात पक्राउ परेपछि सम्बन्धीत कर्मचारीलाई कारवाही गरी कार्यालयको कामलाई निरन्तरता दिनुपर्नेमा सिंगो कार्यालयको काम कारवाही नै ठप्प पार्नुको रहष्य के हो ? कर्मचारीले गरेको गल्तीका कारण हजारौं सवारी चालकले सवारीचालक अनुमति पत्र प्राप्त गर्न नसकेपछि भौंतारिएका छन् ।
सवारी साधन चलाउन अनुमतिपत्र चाहिने र बिना अनुमतिपत्रको सवारी चलाउन नपाईने भएकोले यसक्षेत्रका हजारौ सवारी चालक अनुमतिपत्र बिना सवारी चलाई रहेको पाईन्छ ।
जो व्यक्ति सवारी चलाउन दक्ष भई सवारी चलाई रहेका छन् र कुनै वेला अचानक कुनै दुर्घटनामा परेमा त्यसको सम्पूर्ण जिम्मा यातायात विभागले लिनु पर्ने वा नारायणी यातायात व्यवस्था कार्यालयलाई सवारी चालक अनुमति पत्र वितरण गर्ने आदेश दिनुपर्ने सवारी चालकहरुले माग गरेका छन् ।
साथै यातायात व्यवस्था विभागले रोक लगाएको प्रति नेपाल सरकारले ध्यान दिइ यस्ता रोक लगाउने काममा तुरुन्त फुकुवा गर्नु पर्ने यस क्षेत्रका सवारी चालकहरूको भनाई रहेको छ । श्रावण महिना भित्र वर्तमान सरकार र यातायात विभागले सवारी चालक अनुमती पत्र रोका गरेको फुकुवा नगरे मधेशी सवारी चालकहरु यातायात व्यवस्था विभाग र सरकार विरुद्ध सडकमा उत्रिने सोच बनाई सकेका छन् ।