फुर्सतीलाई वासुदेव रिजाल प्रतिभा सम्मान

छवि अनित्य, २७ असार
हटिया/मकवानपुरमा रहेर छन्द साहित्य तथा लोक लयमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएका साहित्यकार एवं व्यङ्ग्यकार रामचन्द्र आचार्य फुर्सतीलाई वासुदेव रिजाल प्रतिभा सम्मानबाट सम्मानित गरिने भएको छ । वासुदेव रिजाल स्मृति प्रतिष्ठानले नगद दश हजार एक रुपैयाँ सहित वार्षिक रुपमा प्रदान गर्ने सम्मानबाट पहिलो पटक २०६९ सालका लागि फुर्सतीलाई सम्मानित गरिन लागेको प्रतिष्ठानका सचिव आरसी रिजालले जानकारी दिनुभयो । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका
अवसरमा आउँदो शनिबार २९ गते मकवानपुरगढीमा हुने आदिकविको शालिक अनावरण कार्यक्रमका अवसरमा सो सम्मान प्रदान गरिने बताइएको छ । मकवानपुरगढी ६, मक्रान्चुली स्थित भानु उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहने शालिकको प्राध्यापक डा. रामप्रसाद ज्ञवालीले अनावरण गर्नुहुने बताइएको छ ।

यस्तै मकवानपुरे साहित्यको विकासका लागि विशेष सहयोग गर्नुभएका जिल्लाका स्थानीय विकास अधिकारी भूवनप्रकाश विष्टलाई पनि सोही अवसरमा जिल्लाका विभिन्न साहित्यिक संस्थाहरुको तर्फबाट सम्मानित गरिने साहित्य संगम मकवानपुरका अध्यक्ष समेत रहनुभएका रिजालले जानकारी दिनुभयो । सोही कार्यक्रममा मकवानपुरे स्रष्टा देवराज खरेलको मुक्तक संग्रहको पनि विमोचन गरिनुका साथै मातृभूमी साहित्य समाजको आयोजनामा खुल्ला कविता प्रतियोगिता समेत गरिने भएको छ ।

SHARE THIS

Author:

Facebook Comment