सुन तस्करीको केन्द्र “वीरगंज”

क्राइमचेक प्रतिनिधि/
वीरगंज/ठूला लगानीकर्तालाई मात्र सहजरुपमा सुन आपुर्ती गर्ने सरकारी नीतीका कारण तस्करी बढेको छ । तस्करहरुकालागि वीरगंज हाल सुन तस्करीहरूकोलागि मूख्य केन्द्र बनेको छ ।
एक सुन व्यवसायीका अनुसार देशको विभिन्नभागबाट आएको सुन वीरगंज नाकाबाट भारत पुगिरहेको छ ।
हाल दैनिक २५ देखि ३० किलोको हाराहारीमा सुन भारत पुगिरहेको छ । तस्करहरले भारतको सिमा संग जोडिएको मध्यतराइको ग्रामिण नाका प्रयोगगरि भारत निकासी गरिरहेका छन् । भारतमा भंसारदरमा बृद्धि भएको तथा बजारभाउ अन्तर कम भएकाले नेपाली सुन भारत गइरहेको छ ।
बिगत एक दशकदेखि वीरगंजमा
सुन चांदीको कारोबार गर्दै आएको एक व्यवसायीका अनुसार बिगतका दिनमा मन्द रहेको सुन तस्करी अहिले आएर फस्टाएको छ ।
खपतको अधारमा मात्र सुन आपुर्ती गर्दा तस्करी रोक्न सकिने बताउँदै उनले भने,– ‘वीरगंज क्षेत्रबाट अहिले दिनहँु २५ देखि ३० किलो सुन भारत गइरहेको छ, तर वीरगंजमा सुनको अभाव भने कायमै रहेको छ ।’ सुन आपुर्तीमा सरकारको अदूरदर्शी नीतिका कारण तस्करी भइरहेको साथै साना व्यपारीले समस्या खेप्नुुपरेको वीरगंज सुन चांदी व्यवसायी संघका अध्यक्ष मुन्ना सर्राफले बताउनुभयो ।
वीरगंजका व्यापारीलाई आवश्यकता अनुसारको सुन उपलब्ध नगराउँदा व्यापारी मारमा परेको बताउँदै “सरकारले माग अनुसार सुन उपलब्ध नगराएपछि व्यवसायी पनि तस्करी कै सुनको भरमा आफनो व्यपार चलाइरहेको अवस्था छ भन्नुभयो” । ठूला व्यपारीहरु तस्करीमा लागेकाले साना व्यपारीहरुलाई समस्या खेप्नु परिरहेको समेत मुन्नाको आरोप छ । एक जनालाई थोकमा १ किलो सुन आपुर्ती गर्ने परिपाटी चलाएपछि सुनको तस्करी बढेको वीरगंज सुन चांदी व्यवसायी सर्राफ बताउनुहुन्छ ।
अहिले वीरगंजका व्यापारीलाई सरकारले प्रति महिना १२ किलोको दरले मात्र सुन आपुर्ती गरिरहेको छ । जुन आवश्यकता भन्दा थोरै छ, आवश्यकताको बाँकी सुन चाईनाबाट तस्करी भएर आउने सुन खरिद गरि काम चलाउनु परेको वीरगंज सुन चांदी व्यवसायी संघ पर्साका पूर्व अध्यक्ष रतन सर्राफले बताउनुभयो  ।
प्रकाशित मिति २०७० साउन ३ गते बिहीवार 

SHARE THIS

Author:

Facebook Comment