जिल्ला निर्वाचनमा फोटो खिचाउनेको घुइँचो

२९ असार, वीरगंज ।
निवर्चान आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गराउन असार मसान्तलाई अन्तिम मिति तोकेपछि जिल्लास्थित निर्वाचन कार्यालयमा आज शनिवार पनि फोटो खिचाउन आउनेहरुको घुइँचो लागेको छ ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते संविधानसभाको दोश्रो निर्वाचनकोलागि मिति घोषणा गरेपछि वीरगंजलगायत देशभरिका निर्वाचन कार्यालयहरुमा असार मसान्तसम्म मात्र फोटो खिच्न पाउने अन्तिम मिति अर्थात असार ३१ गते सकिन दुई दिन मात्र बाँकी छँदा सुत्केरी वृद्ध, प्रहरी, सरकारी कार्यालयका कर्मचारीहरूसमेत शनिवार बिदाको दिन पारेर निर्वाचन आयोगको जिल्ला स्थित कार्यालयमा आएर फोटोसहितको मतदातानामावलीमा नाम समावेश गराउन उत्सुक देखिएका हुन् ।
निर्वाचन आयोगले नेपाल टेलिकम, एनसेल लगायत विभिन्न माध्यमबाट १६ वर्ष उमेर पुगेर नेपाली नागरिकता प्राप्त नेपाली नागरीकले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउन छुटेको भए तुरुन्त गएर खिचाउन भनि सार्वजनिक सूचना जारी गरेपछि छूटेकाहरू मतदाता नामावलीमा नाम समावेश गराउन जुर्मुराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख मधुकर प्रसाद पोखरेलले पनि मतदान गर्ने उमेर पुगेका नागरिकता प्राप्त कोही पनि नेपाली नागरिकले आगामी निर्वाचनमा भाग लिनबाट बञ्चित नाहोउन भनि फोटोसहितको मतदाता नामावली संकलन गराउन सबैमा आव्हान गर्नुभएको छ ।

SHARE THIS

Author:

Facebook Comment